free hit counter स्वास्थ्यदेखि सुन्दरतासम्म - Khanpin Khabar

स्वास्थ्यदेखि सुन्दरतासम्म

  • खानपिन खबर

हाम्रो भान्सा एउटा ठूलो प्रयोगशाला हो । यहाँबाट ठूला ठूला रोगको सहजै उपचार भइरहेको हामीले पत्तो पाएका हुँदैनौ । हाम्रो भान्सामा प्रयोग हुने प्रत्येक वस्तुको आ–आफ्नै महत्व रहेको हुन्छ । त्यसलाई विज्ञानले समेत खोज–अनुसन्धानको विषय बनाइसकेको छ । मेथी उपयोगी भएर नै कमजोर अवस्थामा रहेकी सुत्केरी महिलालाई मेथीको सेवन गराइन्छ । हामीले यस पटक त्यही भान्सामा प्रयोग हुने मेथीका फाइदाका बारेमा खोजीनीति गरेका छौं । मधुमेह, कब्जियत, ग्याष्ट्रिक र आउँ भएको छ भने यसको प्रयोगबाट फाइदा मिल्छ । अजीर्ण भएमा, मुख र जिब्रोमा घाउ भएमा र ज्वरो आएमा यसको प्रयोगले धेरै फाइदा पुग्छ ।

रक्त अल्पता छ भने, हाडजोर्नी दुख्ने छ भने र कफको वृद्धि, श्वासको रोगमा पनि यसको प्रयोगबाट धेरै फाइदा हुन्छ । नाकको रोगमा, घाँटी दुख्दा, जिउ दुख्दा र श्वेतप्रदर भएको छ भने पनि यसको प्रयोग गर्यो भने फाइदा हुन्छ । श्वास गन्हाएमा, सुत्केरी हुँदा, टाउकोमा चायाँ परेमा पनि यसको प्रयोग गर्नुपर्छ, जसले धेरै फाइदा पुर्याउँछ ।
मेथीमा प्रोटिन र निकोटिनिक एसिडको मात्रा उच्च हुन्छ, जसले हाम्रो शरीरलाई पनि ऊर्जा दिन्छ । मेथीको धुलामो नरिवल वा जैतुनको तेल मिलाएर कपालमा लगाउँदा यसले कपाल झर्न रोक्छ  भने चायाको समस्याका लागि पनि यो रामबाण

नै हो । मेथीको धुलो दहीमा फिटेर कपालको जरासम्म पुग्ने गरी लगाउनुहोस् । केही क्षण मसाज गरी त्यसलाई २०–२५ मिनेट राख्नुहोस् र सफा पानीले पखाल्नुहोस् । त्यसले चायाँको समस्या समाधान हुन्छ । मेथीले छालामा रहेको टक्सिनलाई निकाल्छ र डन्डीफोरको दागसमेत हटाइदिन्छ । सुन्दर अनुहारका लागि नानाथरि फेसवासको प्रयोग गर्नै पर्दैन मेथीको धुलोलाई बेलुकी भिजाएर बिहान मजाले मुख धुँदा सुन्दर चम्किलो अनुहार बन्दछ ।

बेलुकी भिजाएर राखेको मेथीलाई बिहान खाली पेटमा दानासहित चपाएर खानाले मोटोपना, पाचनसम्बन्धी समस्या र कोलोस्ट्रोलको समस्या पनि समाधान गर्छ । मेथीको नियमित सेवनले रगतमा हुने सुगर लेवल पनि नियन्त्रत गर्दछ । मेथीको नियमित सेवनले मृगौलालाई स्वस्थ राख्न मद्दत गर्दछ । मेथीले शरीरको विकार पिसाबको माध्यमबाट बाहिर निकाल्छ  ।