free hit counter सेकुवा (मटन) - Khanpin Khabar

सेकुवा (मटन)

  • खानपिन खबर

आवश्यक सामग्रीहरु

खसीको मासु एक केजी
नून स्वाद अनुसार
बेसार आधा चम्चा
वीरेनून आधा चम्चा
खुर्सानीको धूलो स्वाद अनुसार
गरममसला दुई चम्चा
जीराको धूलो दुई चम्चा
धनियाँको धूलो आधा चम्चा
अदुवाको पेस्ट एक चम्चा
लसुनको पेस्ट एक चम्चा
बाह्रमसला दालचिनी, जाइपत्री,
जाइफल, ल्वाङ, सुकुमेल, सूठो,
तेजपत्ता, अलैंची, मरिच, ज्वानो आधा चम्चा
तोरीको तेल ३–४ चम्चा
कागती एक वटा
दही दुई चम्चा

बनाउने तरिका

खसीको मासु पोलेर तयार पारिने सेकुवा निकै स्वादिष्ट हुन्छ । सेकुवाबनाउन खसीको अगाडिको ह्याकुला र पछाडिको पाताको मासु छानेर हड्डी, छाला र बोसो हटाउनुपर्छ । मासुलाई पौने इन्च जतिको साइजमा टुक्रा पारी भाँडामा राखेर नून, बेसार, जीरा–धनियाँ–खुर्सानीको धूलो, अदुवा–लसुनको पेस्ट, गरममसला, बाह्रमसला, वीरेनून, कागतीको रस, दही र तेल राखेर मोल्नुपर्छ । मोलेको मासुलाई हावा नछिर्ने प्लास्टिकमा बाँधेर डीपफ्रिजमा हाल्नुपर्छ । चारदेखि पाँच घण्टामा बरफ जस्तो बनेपछि बाहिर निकाली सिन्कामा उनेर गोलमा पोल्नु÷सेक्नुपर्छ । पाकिसकेपछि प्याज–बन्दाको सलाद, काँक्रो, सिन्कीको अचार, भुजा र अदुवाको टुक्रासँग खान सकिन्छ ।