free hit counter राजकीय भोजमा यस्ता थिए परिकार - Khanpin Khabar

राजकीय भोजमा यस्ता थिए परिकार

  • खानपिन खबर

काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानका लागि शनिबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको सोल्टी होटेलमा रात्रिभोजको आयोजना गर्नुभयो ।
राष्ट्रपति सी को सम्मानमा आयोजित रात्रि भोजमा विशिष्ट पाउनाहरुको उपस्थिति थिए । प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल लगायतसँग भेटवार्ता गरी राष्ट्रपति सी आज स्वदेश फर्किने कार्यतालिका रहेको छ ।

साँधेको भटमास र क्वाटीको सुप

चिनियाँ राष्ट्रपति सी चिनपिङको सम्मानमा आयोजित रात्रिभोजमा रात्रिभोजमा नेपाली नेताहरूलाई पनि निम्तो दिइएको थियो । रात्रिभोजमा केही नेपाली मौलिक परिकार चिनियाँ राष्ट्रपति सीलाई खुवाइएको थियो ।
मेनुअनुसार, सुरुमा राष्ट्रपति सीलाई बारा, ममसँगै लुक्लाको सिमी र साँधेको भटमास दिइएको थियो । त्यसपछि कुरिलो र क्वाटीको रस दिइयो । त्यसपछि युरोपियन र चाइनिज परिकार पस्किएको थियो ।

मेनुअनुसार, अन्तिममा इलामको चिया र गुल्मीको कफी खाएपछि रात्रिभोज सकिएको छ । रात्रीभोज कार्यक्रमलाई दुवै देशका राष्ट्रपतिले सम्बोधनसमेत गरेका थिए । त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सीको सुस्वास्थ्यका लागि भन्दै चियर्सको प्रस्ताव गरेपछि राष्ट्रपति सीले त्यसको स्वीकारोक्तिमा ग्यान्बे भन्दै चियर्स गरेका थिए ।

हेर्नुहोस् मेनु :

 

 

भीभीआईपी मेनुका यस्ता थिए विशेषता

सामान्यतया स्तरीय खानामा एघारौं चरणसम्मको खानाहरू समावेश गरिने भए पनि यहाँ खानाको चार चरण र चिया कफीलाई समावेश गरिएको छ । होटल व्यवसायमा चिया–कफिलाई चरणको रुपमा लिइँदैन यदि लिने हो भने यस मेनु ५ चरणको हुन्छ । प्राय खानाको प्रथम चरणमा कुनै पनि प्रकारको सलाद प्रयोग गरिने व्यवसायिक संस्कार भए पनि महामहिमको खानामा स्टाटर वा खानाको शुरुआत मम, बारा, साँधेको भटमासको साथमा केही सिमिको सलाद भएको मेनुमा उल्लेख छ । यस मेनुको दोस्रो खानामा (Second Course of Meal) क्वाटीको सुप राखिएको, यद्यपि सुपहरू जहाँ त्यही ब्रथ, भेज, ननभेजहरू पनि राख्न सकिन्छ ।

मुख्य वा तेस्रो चरणको खानामा ल्याम, सालमोन (माछा) र नुडल्समा कुनै एउटा राखिएको थियो । यो मुख्य खाना भएकाले साथमा ससहरू, सलाद, ड्रेसिङ आवश्यकताअनुसार दिइन्छ । त्यस मेनुको अन्तिम चरण वा चौथोमा चिज राखेर स्टफ गरिएको सिगार आकारको चकलेट सिगार राखिएको थियो भने यसलाई कहिंकतै (Smoke les cigar) सिगार आकारको स्वीट भनिन्छ । त्यसपछि ऐच्छिकरुपमा घरेलु उत्पादनमा आधारित इलामको चिया र गुल्मीको कफि थियो ।