free hit counter मधुमेह र पथ्यापथ्य - Khanpin Khabar

मधुमेह र पथ्यापथ्य

  • खानपिन खबर

मधुमेह Diabetes mellitus भन्नाले चयोपचय विकार Metabalic disorders समुह जनित रोग हो, जसमा मुख्यतः रगतमा चिनीको मात्रा बढी हुने Hyperglycemia हुन्छ । हाइपरग्लाईसेमिया को कारणहरुमध्ये इन्सुलिन हर्मोन कम मात्रामा उत्पादन हुनु,  इन्सुलिन हर्मोनको उपभोग कोशिकाहरुले कम गर्नु, तथा ग्लुकोजको उत्पादन शरीरमा बढी हुनु हुन्छ । मधुमेहमा हुने चयोपचय को गडबडिले शरीरको विभिन्न अंगहरुमा प्याथो फिजियोलोजिकल परिबर्तन ल्याई विभिन्न उपद्रवहरु जस्तै मृगौला बिग्रिने, मोटोपना, डाइबोटिक रेटिनोप्याथी, डाइबोटिक न्युरोप्याथी, हाइपरटेन्सन आदि हुने हुन्छ । डाइबेटिजलाई मुख्यतः Type- I DM र  Type- II DM गरी विभाजन गर्न सकिन्छ । यसबाहेक ग्यास्टेसनल Gastational diabetes पनि हुन्छ, जुन जन्मजात हुन्छ । Type- II DM मुख्यत Metabolic Syndrome अन्तर्गत पर्दछ, जुन अव्यवस्थित खानपान र जीवन शैली संग सम्बन्भित हुन्छ । कतिपय अवस्थामा यो वंशानुगत पनि हुन्छ । Type- II DM आहार विहार र स्वस्थ्यकर जीवनशैलीद्वारा नियन्त्रण गर्न सकिन्छ ।

मधुमेह निदानकोलागि रगतमा ग्लुकोजको जाँच गर्दा मुख्यतः चार किसिमले गरिन्छ र निम्नानुसार भए मधुमेह भएको ठहरिन्छ :

  • खाली पेटमा गरिने रगत जाँच – Fasting Plasma Glucose (FPG) > 126 mg/dL
  • 75 g Oral Glucose tolerance test(OGTT) > 200 mg/dL
  • Random Plasma Glucose test > 200 mg/dL
  • HbA1C>6.5%

 

मधुमेहको समस्या विश्व भरि नै एउटा भयावह समस्या बन्दै गइरहेको छ । एउटा अध्ययनले देखाए अनुसार इस्वी सम्वत् २०३० मा Type II मधुमेह रोगीको संख्या करीब ४३९ मिलियन हुने अनुमान गरिएको छ ।  Diabetes mellitus लाइ आयूर्वेदमा प्रमेह अन्तर्गतको वातज प्रमेह अन्तर्गत राख्नसकिन्छ । आचार्य सुश्रुतले  मधुमेह को छुठ्ठै वर्णन पनि गरेका छन् । आयूर्वेद अनुसार मधुमेहको उपचार रोगीको प्रकृति,वय आदिको विचार गरी गर्नुपर्दछ । मधुमेहको व्यवस्थापन तथा उपचारमा आहार विहारको ठूलो भुमिका छ । अयूर्वेदको भाषामा  रोग तथा  रोगीलाई हितकर आहार विहार लाई पथ्य र अहितकर आहार विहारलाइ अपथ्य भनिन्छ । आहार भन्नाले खानपान लाई बुझाउँछ भने विहार भन्नाले दैनिकरुपमा गरिने क्रियाकलाप लाई जनाउँछ । वैध जीवन ग्रन्थ अनुसार पथ्य आहार विहारको सेवन गर्दा रोग व्याधि लाग्ने सम्भावना कम हुन्छ र औषधि सेवन गर्नुपर्ने अवस्था कम हुन्छ तर अपथ्य सेवन गरिरहयो भने औषधि प्रयोगले पनि रोगव्याधिबाट छटकारा पाउन सकिदैँन । तसर्थ मधुमेहमा खानपान, आहार विहार  तथा योग प्रणायाम सहितको स्वस्थ जीवनशैलीको ठूलो महत्व छ ।

 

मधुमेह रोगको लागी पथ्य तथा अपथ्य आहार विहार

 

पथ्य आहार

१. धान्य वर्ग (Cereals & millets) वा अन्न

  •  गहुँ , षष्टिक शाली (साठी रशाली चामल), कोदो, कंगु, मधुलिका, समा, मकै,

२.  शिम्बी वर्ग (Pulses) – चना, अरहर, गहत, मूँग,  मसूरो ।

३.   शाक वर्ग Vegetables

  • कुभिण्डो, करेला, परवल, बरेला (कर्कोटिक)
  • सहजन, भन्टा, विम्बी, इन्द्रवारुणी, प्याज, लसुन, तितेलौकी,  घिरौला काँचो केरा

४. हारीत वर्ग leaty vegetables : – लोनिका, सहजनको पात, द्रोणपुष्पीको पात, गुर्जोको पात, काकमाची पत्र,

५. फल वर्ग — खजुर, आरु, कपित्थ, जामुन, डुम्री, तरबूजा,

६.  तैल वर्ग — सरसोको तेल वा तोरीको तेल,  तिलको तेल

७.  अन्य वर्ग —तक्र (मोही), परेवा, तितिर आदि पँक्षीको मासु , कमल कन्द, खयर, अन्य तितो पदार्थ

 

पथ्य विहार

  • व्याम, योग, उबटन

 

अपथ्य आहार र विहार

  • जतिखेर पनि खाइ रहने बानि
  • नयाँ अन्न सेवन
  • दहि
  • उखु
  • घिउ सिमी
  • मिष्ठान्न
  • अत्यधिक जलसेवन
  • बढी गुलियो, अमिलो पदार्थको सेवन
  • विरुद्ध अन्नपान – विरुद्ध अन्नपान भन्नाले दुइ वा दुइ भन्दा बढी आहार द्रव्यको मिश्रण जसले हानिकारक प्रभाव उत्पन्न गर्दछ । जस्तै दूध र माछा एकसाथ सेवन गर्नु ।
  • मुत्रको वेग धारणा गर्नु
  • धुम्रपान
  • मद्दपान
  •  दिउँसो सुत्नु

 

मधुमेहको लागी उपयोगी योगाभ्यास

  • नाडी शुद्धि प्रणायाम
  • भ्रामरी
  • कपालभाँति
  • परिबृत त्रिकोणासन
  • बक्रासन
  • अद्र्धमत्स्येन्द्रासन
  • उष्ट्रासन
  • भुजंगासन
  • धनुरासन
  • सर्वाङ्गासन
  • उड्ढीयान बन्ध र अग्निसार क्रिया
  • नौली क्रिया
  • शवासन

(लेखक- जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र कालिकोटका प्रमुख आयुर्वेद चिकित्सक हुनुहुन्छ)