free hit counter भेनिला आइस क्रिम (Venilla Icecream) - Khanpin Khabar

भेनिला आइस क्रिम (Venilla Icecream)

  • खानपिन खबर

धन लिम्बू, अस्ट्रेलिया

 

आवश्यक सामग्री
दूध एक लिटर
चिनी पिसेको २०० ग्राम
फ्रेस क्रिम २०० ग्राम
कर्नफ्लोर २५ ग्राम
जी.एम.एस. ३० ग्राम
सी.एम.एस. चार ग्राम
भेनिला सुगन्ध १५ मिलि

तयार गर्ने विधि

दूध चिनीलाई १२–१५ मिनेटसम्म उमाल्ने । कुनै भाँडोमा जी.एम.एस. र सी.एम.एस.मा कर्नफ्लोर दूध हालेर विस्तारै मिलाउने । यो सबै दूधमा मिसाएर पकाउने र गाढा नभएसम्म पकाइरहने । अब सबै घोल सेलाउन दिने र सेलाइसकेपछि फ्रिजमा राख्ने । फ्रिजमा जमिसकेपछि फ्रेस क्रिम भेनिला हालेर राम्रोसँग फिट्ने । अब फेरि कुनै आइस क्रिम राख्ने भाँडोमा राखेर फ्रिजमा जम्न दिने र जमिसकेपछि सर्भिस गर्ने ।