आवश्यक सामग्री
सामान : मैदा एक कप
आँटा : एक कप
रेडिमेट पानीपुरी मसला : एक पाकेट
आलु : चार पिस (उसिनेको)
मुग : टुसा पलाएको आधा कप
खुर्सानी पाउडर : एक चम्चा
आधा कप नुनिलो बुदी पानी भिजाएर निचोरेको काँचो आपको पना : तीन चम्चा
इमिली र खजुरको चट्नी : आधा कप
इमिली–पानी : दुई चम्चा
पुदिना र धनियाँ चप : दुई चम्चा
भुटेको जिरा पाउडर : दुई चम्चा
बनाउने तरिका
मैदा र आँटा मिसाएर सारो बनाएर पुरी बेल्ने र तेलमा फ्राई गर्ने । पानीमा पानीपुरी मसला, काँचो आँपको पना, खुर्सानी पाउडर, भुटेको जिराको धूलो, नुन, हल्का इमिलीको पानी, पुदिना, धनियाँ चप हालेर मिक्स गर्ने । अब आलुमा मुग दाल, नुनिलो बुदी, नुन–खुर्सानी मिलाएर मसला बनाउने र प्रत्येक पुरीको बीचमा खात पारेर थोरै–थोरै मसला, गुलियो र अमिलो चट्नी राखेर पानीमा डुबाएर सर्भिस गर्ने ।
नोट : नेपालमा पानीपुरीमा खराब एसिडको प्रयोग गरिन्छ, जसले एसिड बढाई पेटसम्बन्धी रोग निम्त्याउँछ ।