आवश्यक सामग्री
मैदा : आधा कप
बेसन : एक कप
पनिर : २०० ग्राम
हरियो धनियाँ : चप एक चम्चा
अदुवा, लसुन पेष्ट : एक चम्चा
ज्वानो : आधा सानो चम्चा
खाने सोडा : एक चिम्टी
नुन, खुर्सानी र बेसार : स्वादअनुसार वा आधा–आधा चम्चा
जिराको धूलो मसला : एक चम्चा
चाट मसला : आधा सानो चम्चा
बनाउने विधि
सफा भाँडोमा बेसन, मैदा, नुन, धनियाँ र सबै सामग्री हालेर थोरै पानी राखेर घोल बनाउने । पनिरलाई स्लाइस गरेर काट्ने । तेल तातेपछि पनिरलाई बेसन र मैदाको घोलमा डुबाएर एक–एक पिसको हिसाब हालेर फ्राई गर्ने । जब खैरो–खैरो रङको हुन्छ, तेलबाट निकालेर बाहिर राख्ने । अब पकौडा तयार भयो । माथिबाट चाट मसला छरेर टमाटर ससको साथ सर्भिस गर्ने वा मजासँग खाने ।