free hit counter पकाएको खानेकुरा कसरी प्रयोग गर्ने - Khanpin Khabar

पकाएको खानेकुरा कसरी प्रयोग गर्ने

  • खानपिन खबर

जब खाद्य पदार्थमा कुनै पनि माध्यमबाट जीवाणुहरुको प्रवेश हुन्छ तब तिनीहरुले खानलाई विष उत्पादन गरी अखाद्य बनाउँछ । यसको लागि व्यक्तिगत सरसफाई, खाद्यसम्बन्धी अनुशासन, खाना र तापक्रमको मेल हुनु जरुरी छ, जबकि पकाएर राखिएका खानाहरु हाम्रो समाजमा बिहान पकाएर बेलुकासम्म बाहिरी तापक्रम (१५ डिग्री सेल्सियस भन्दा बढी भएमा) राख्दा पनि ताजा मानिन्छ, जबकि खाना बढी प्रोटिनयुक्त भएमा पकाएर सेलाएको बढीमा तीन घण्टामा जीवाणुहरुले आक्रमण गरिसकेका हुन्छन् । त्यस्तो खान खाँदा अचानक विरामीको शिकार हुनुपर्छ । तयारी खाना उचित तापक्रममा मात्रै सुरक्षित राख्न सकिन्छ ।
पकाएर तयार पारिएका खानेकुराहरु सेलाएको डेडघण्टाभित्रमा फ्रिजमा राखिसक्नु पर्दछ र उक्त फ्रिजको तापक्रम ५ डिग्री सेल्सियसभन्दा कम हुनुपर्दछ । खाना सेलाउने क्षेत्रको तापक्रम १५ डिग्री सेल्सियस तलको हुनुपर्दछ । तयारी खाना र कच्चा सामग्रीहरु एकै स्थानमा फ्रिजमा राखिनु हुँदैन । किनकि कच्चा सामग्रीको जीवाणु पकाएको खानामा प्रवेश गरी खानेकुरा बिगार्ने प्रबल सम्भावना हुन्छ । बाँकी बेचका खानेकुराहरु हरबखत छोपेर फ्रिजको उपल्लो ¥याकमा राख्नुपर्दछ ताकि कुनै अन्य झोल, काँचो पदार्थ त्यसमाथि झर्न नपाओस् । विशेष गरेर दूध र मासुजन्य खानहरु छिटो बिग्रन्छ वा यसमा प्रोटिनको मात्रा बढी हुनाले जीवाणुले छिटो प्रवेश गरी खाना बिगार्न थाल्छ र फुड प्वाइजन गराउने प्रमुख कारण बन्दछ ।
पुनः प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहरु
पकाएर तयार पारिएको खाना पुनः प्रयोग गर्दा विशेष सावधानी अपनाउनु पर्दछ । फ्रिजमा राखिएको खानलाई पुनः प्रयोग गर्दा आवश्यक मात्रा सुख्खा ,चम्चा, डाडु, पन्युले निकालेर राम्रोसँग तताउनु वा उमाल्नु पर्दछ । कम्तिमा ३–५ मिनेट उमालेर स्वस्थकर बनाउन सकिन्छ र तुरुन्त खाइनु पर्दछ तर त्यस्तो खाना बचेमा फेरि राख्नु हुँदैन । यसले स्वाथ्यमा गम्भीर असर पार्दछ । बचेका खाना राख्ने फ्रिज हप्ता हप्तामा सफा गरिएको हुनु पर्दछ जसले अन्य किटाणुहरुको उपस्थितिलाई न्युनिकरण पार्दछ ।
यसरी भण्डारण गरिएको खानेकुराहरुमा ढुसि परेमा, खानाको रङ्ग उडेमा, गन्ध खराब आएमा किटाणुहरुले आक्रमण गरेको र खान योग्य नभएको बुझेर फ्याक्नु पर्दछ । तर कतिपय मासुजन्य खानाहरु बिग्रदा पनि खराब गन्ध निस्कँदैन तर रङमा परिवर्तन आएमा बिग्रिएको बुझ्नु पर्दछ । फ्रिजमा खानाहरु राख्दा टनाटन, खचाखच बनाएर बढी राख्नु हुँदैन किनकि बढी सामान फ्रिजमा राख्दा खानाको सबै भागमा चिसोपना नपुगि ब्याक्टेरियाहरु पुर्नउत्पादन भई खानालाई बिगार्दछन् साथै खानामाथि खाना खप्ट्याएर राख्दा एउटा खानाको भाँडोले अर्को खानालाई छुवाएर राखियो भने पनि संक्रमणको सम्भावना हुन्छ र खाना अस्वस्थ हुन पुग्दछ । फ्रिजको तापक्रम उचित भए नभएको थाहा पाउनका लागि एउटा खुल्ला भागमा थर्ममिटर राखेर ५ डिग्री सेल्सियसभन्दा कम भएको यकिन गर्नु पर्दछ ।
नोट ः फुड पोइजन वा खाद्य विषाक्तता के हो ? छिट्टै प्रकाशित हुनेछ ।