आवश्यक सामग्रीहरु
वटर : एक चम्चा
चिकेन : उसिनेको १०० ग्राम
चिकेन स्टक (पानी) : दुई बाउल
अण्डा : एक पिस
स्वीट कर्न (पीठो) : चार चम्चा
नुन, सेतो मरिच : स्वाद अनुसार वा आधा चिया चम्चा
कर्नफ्लोर : दुई चम्चा
लसुन चप : आधा सानो चम्चा
बनाउने तरिका
ससपेनमा हल्का वटर राखेर लसुन फुराउने । लसुन फुराइसकेपछि चिकेन स्टक, नुन, मरिच, चिकेन, स्वीट कर्न (पीठो) हालेर उमाल्ने । राम्रोसँग उमालेपछि कर्नफ्लोर पानीमा मिलाएर सुपमा विस्तारै–विस्तारै हाल्ने र जब सुप गाढा हुन्छ, त्यसपछि माथिबाट अण्डाको घोल विस्तारै चलाउँदै हाल्ने । अब चिकेन स्वीट कर्न सुप तयार भयो । ग्रार्लिक ब्रेडको साथ सर्भिस गर्ने ।