free hit counter खानेबित्तिकै गर्न नहुने गल्ती - Khanpin Khabar

खानेबित्तिकै गर्न नहुने गल्ती

  • खानपिन खबर

खानपान र आहारबिहारको पनि आङ्खनै संस्कार छ । त्यही संस्कार छाड्दै जाँदा आजभोलि नानाथरि रोगले सताइरहेको छ । हामीले जानेर या नजानेर गरेका गल्तीले नै रोगको भारी बोक्न बाध्य भएका छौं । हामीले यहाँ खाना खानेबित्तिकै गर्न नहुने केही कुराहरुलाई पस्केका छौं ।

पानी पिउनु हुँदैन
स्वस्थ जीवन लागि पानी अत्यावश्यक हो । दैनिक कम्तिमा पनि दुई/तीन लिटर पानी पिउनु अनिवार्य मानिन्छ । तर खाना खानेबित्तिकै पानी खानु राम्रो हुँदैन । खाना खाने बित्तिकै पानी पिउनाले पाचन प्रणालीमा असर पु¥याउँछ । खानासँगै पानी पिउनु राम्रो मानिँदैन ।

फलफूल खानु हुँदैन
खानासँगै वा खाना खानेबित्तिकै फलफुल खाँदा सजिलै पेटमा पुग्न पाउँदैन र आमाशयमा अड्कन्छ त्यसले पेट दुषित बनाइदिन्छ । त्यसैले खाना खानुभन्दा कम्तिमा एक घण्टा अघि पछि मात्र फलफूल खानु राम्रो मानिन्छ ।

धूमपान गर्नु हुँदैन
हामी कसैको बानी हुन्छ । चुठेर चुरोट सल्काइहाल्ने । धूमपान स्वास्थ्यका लागि जहिले पनि हानिकारक त त्यसमाथि खाना खानेबित्तिकै धूमपान गर्दा झनै ठूलो असर पर्दछ । खाना खानेबित्तिकै धूमपान गर्नाले पाचनसम्बन्धी समस्या हुन्छ । ग्यास्ट्रिक र एसिडिटीको समस्याले दुःख दिन्छ । जतिसुकै तलतल लागे पनि यसबाट बच्नुपर्छ ।

चिया पिउनु हुँदैन
हामीमध्ये धेरैलाई चियाको लत हुनसक्छ । चियापत्तिमा अधिक एसिड पाइन्छ । यसले खानामा सामेल प्रोटिनलाई नष्ट गर्छ, जसका कारण खाना पचाउन निकै समस्या हुन्छ । त्यसैले चिया पिउनै मन लागे पनि खाना खाएको एक घण्टा कुर्नैपर्छ ।

नुहाउनु हुँदैन
धर्मशास्त्रले त्यसै बिहानै नुहाउनु पर्छ भनेको होइन । त्यसका वैज्ञानिक कारणहरु छन् । खाना खानेबित्तिकै नुहाउनु हुँदैन । तत्काल नुहाउनाले हात, खुट्टा र शरीरमा रगतको प्रवाह बढ्न थाल्छ । यसबाट पेटको चारैतिर रगतको मात्रा कम हुन्छ र पाचन प्रणाली कमजोर बनाइदिन्छ ।

हिँड्नु हुँदैन
विभिन्न अध्ययनहरुले पुष्टि गरेको छ खाना खाएको आधा घण्टापछि हिड्नु क्यालोरी खपत गर्ने राम्रो तरिका हो । तर खाना खानेबित्तिकै हिड्नु गलत मानिन्छ । यसबाट अपचको समस्या निम्त्याउँछ ।

सुत्नु हुँदैन
हामीमध्ये धेरैको बानी हुन्छ खाना खाइयो अब एक छिन पल्टिनु पर्यो । तर खाना खाने बित्तिकै सुत्नु भनेको स्वास्थ्यको लागि निकै हानीकारक हुन्छ । मधुमेह, उच्च रक्तचापका समस्या भएकाहरूले झन् खाना खाने बित्तिकै सुत्नु हुँदैन ।