free hit counter चिकन चिल्ली - Khanpin Khabar

चिकन चिल्ली

  • खानपिन खबर

आवश्यक सामग्री

• कुखुराको मासु(डाइसकट)-२५० ग्राम

• अण्डा-१ पिस

• कर्नफ्लोर-१ चम्चा

• मैदा वा बेसन-२ चम्चा

• प्याज सुकेको(डाइसकट)-१ पिस

• गोलभेडा(डाइसकट)-१ पिस

• क्याप्सिकम(भेडेखुर्सानी )-१ पिस

• अदुवा लसुनको पेस्ट-१ चम्चा

• टोमाटो सस-२ चम्चा

• चिल्ली सस-१ चम्चा

• हरियो खुर्सानी स्लाइस-३ पिस

• सोया सस-३/४ थोपा

• अजिनो मोटो-१ चिम्टी

• मरिच-१ चिम्टी

• नुन- इच्छा अनुसार

• तेल-२ चम्चा

• पानी-१ चिया ग्लास

बनाउने तरिका

एउटा भाँडोमा पानी,मैदा वा बेसन, कर्नफ्लोर, पेस्ट, सोया सस, नुन ,अजिनो मोटो ,मरिच आदि सबै राखेर फिटने । त्यसमा अण्डा मिसाएर फेरि फिटने । लेदो तयार भए पछि मासुलाई त्यस लेदो माथि राखेर मुछ्ने । फ्राइ प्यनमा तेल तताएर मासु डुब्ने गरी फ्राई गर्ने। पाकिसकेपछि त्यसलाई बाहिर निकालेर थोरै लसुन फुराउने फेरी मासु त्यसमाथि चलाउने र प्याज, खुर्सानी,भेडेखुर्सानी, गोलभेडा हालेर फ्राई गर्ने। नुन, टोमाटो सस,चिल्ली सस, मरिच ,सोया सस राखेर चलाउने। यसरी चिकेन चिल्ली तयार भयो। रेस्टुरेन्ट वा पार्टीको लागि सजावट गर्दा लेटुस, गाजर ,काँक्रो ,मुला, प्याज आदि राखेर प्रस्तुत गरिन्छ।