free hit counter कस्तो दर खाने ? - Khanpin Khabar

कस्तो दर खाने ?

  • खानपिन खबर

डा. रविन्द्र समिर
एक महिना अघिदेखि पार्टी प्यालेस र पार्कहरु कब्जा गरेर दर खाने संस्कृतिको विकास भइसकेको छ । हुने खानेका लागि देखाउने पर्व मध्य वर्गका लागि बोझ बन्न पुगेको छ । हामीले यहाँ जनस्वास्थ्य विज्ञ डा. रविन्द्र समिरको दर सुझावलाई प्रस्तुत गरेका छौं ? दर भनेको डाइट हो ! दर खाँदा निम्न लिखित मेनु अपनाएमा स्वस्थ्य दर हुन्छ !

  • खाना हल्का तथा सुपाच्य हुनुपर्दछ ! पचाउने क्षमता प्रत्येक व्यक्तिको फरक फरक हुन्छ तसर्थ आफ्नो पाचन क्षमता कहिल्यै बिर्सनुहुँदैन !
  • खाना भेराइटियुक्त हुनुपर्दछ ! जस्तै : अन्न, दुध, दहि, फलफुल, गेडागुडी, हरियो सागसब्जी तथा सलाद, उसिनेको अण्डा, उसिनेजस्तो गरि पकाइएको झोलिलो सादा मासु, प्रसस्त मात्रामा पटकपटक पानी, फलफुलको जुस तथा झोलिलो पदार्थ आदि खानुपर्दछ !
  • खानाको मात्रामा १ भाग ठोस, १ भाग तरल तथा १ भाग पाचनको लागि पेट खाली हुनुपर्दछ !
  • सधैझैं हल्का व्यायाम, भ्रमण गर्नुपर्दछ ! सकारात्मक गीतमा नाच्नाले पनि राम्रो शारीरिक तथा मानसिक व्यायाम हुन्छ !
  • खानामा घ्यु, बोसो तथा डिप फ्राई गरेको खानुहुँदैन ! मसला, खुर्सानी, नुन आदि कम भएको खानुपर्दछ !
  • खाना बासी खानुहुँदैन ! एकदम ताजा, सकभर आफैले बनाएको खानुपर्दछ !
  • चाडपर्वमा मिठाइ प्रायः कम गुणस्तरीय हुने भएकोले नखाँदा नै राम्रो !
  • कार्बोहाइड्रेट, भिटामिन, प्रोटिन, खनिजतत्व आदि पोषण मिश्रित खाना खानुपर्दछ !
  • एकपटक खाएको पाचन नभएसम्म अर्को पटक खानुहुँदैन !
  • मधुमेह, उच्च रक्तचाप, अल्सर, ग्यास्ट्राइटिस आदि भएका व्यक्तिले आफ्नो रोगमा खान नहुने कुरा बार्नुपर्दछ !

 

तीज उल्लास र उमंगको पर्व हो तसर्थ दर खाने गलत तरिकाले झाडावान्ता, आउँ, अम्प्लापित्त, रक्तचाप तथा मधुमेह वृद्धि आदि नहोस ! हाम्रो शरीर उही हो तसर्थ दर खाने दिन पनि पहिले जस्तै खाना खानुपर्दछ ! स्वास्थ्य छ त उमंग छ !