मधुमेह Diabetes mellitus भन्नाले चयोपचय विकार Metabalic disorders समुह जनित रोग हो, जसमा मुख्यतः रगतमा चिनीको मात्रा बढी हुने Hyperglycemia हुन्छ । हाइपरग्लाईसेमिया को कारणहरुमध्ये इन्सुलिन हर्मोन कम मात्रामा उत्पादन हुनु, इन्सुलिन हर्मोनको उपभोग कोशिकाहरुले कम गर्नु, तथा ग्लुकोजको उत्पादन शरीरमा बढी हुनु हुन्छ । मधुमेहमा हुने चयोपचय को गडबडिले शरीरको विभिन्न अंगहरुमा प्याथो फिजियोलोजिकल परिबर्तन ल्याई विभिन्न उपद्रवहरु जस्तै मृगौला बिग्रिने, मोटोपना, डाइबोटिक रेटिनोप्याथी, डाइबोटिक न्युरोप्याथी, हाइपरटेन्सन आदि हुने हुन्छ । डाइबेटिजलाई मुख्यतः Type- I DM र Type- II DM गरी विभाजन गर्न सकिन्छ । यसबाहेक ग्यास्टेसनल Gastational diabetes पनि हुन्छ, जुन जन्मजात हुन्छ । Type- II DM मुख्यत Metabolic Syndrome अन्तर्गत पर्दछ, जुन अव्यवस्थित खानपान र जीवन शैली संग सम्बन्भित हुन्छ । कतिपय अवस्थामा यो वंशानुगत पनि हुन्छ । Type- II DM आहार विहार र स्वस्थ्यकर जीवनशैलीद्वारा नियन्त्रण गर्न सकिन्छ ।
मधुमेह निदानकोलागि रगतमा ग्लुकोजको जाँच गर्दा मुख्यतः चार किसिमले गरिन्छ र निम्नानुसार भए मधुमेह भएको ठहरिन्छ :
मधुमेहको समस्या विश्व भरि नै एउटा भयावह समस्या बन्दै गइरहेको छ । एउटा अध्ययनले देखाए अनुसार इस्वी सम्वत् २०३० मा Type II मधुमेह रोगीको संख्या करीब ४३९ मिलियन हुने अनुमान गरिएको छ । Diabetes mellitus लाइ आयूर्वेदमा प्रमेह अन्तर्गतको वातज प्रमेह अन्तर्गत राख्नसकिन्छ । आचार्य सुश्रुतले मधुमेह को छुठ्ठै वर्णन पनि गरेका छन् । आयूर्वेद अनुसार मधुमेहको उपचार रोगीको प्रकृति,वय आदिको विचार गरी गर्नुपर्दछ । मधुमेहको व्यवस्थापन तथा उपचारमा आहार विहारको ठूलो भुमिका छ । अयूर्वेदको भाषामा रोग तथा रोगीलाई हितकर आहार विहार लाई पथ्य र अहितकर आहार विहारलाइ अपथ्य भनिन्छ । आहार भन्नाले खानपान लाई बुझाउँछ भने विहार भन्नाले दैनिकरुपमा गरिने क्रियाकलाप लाई जनाउँछ । वैध जीवन ग्रन्थ अनुसार पथ्य आहार विहारको सेवन गर्दा रोग व्याधि लाग्ने सम्भावना कम हुन्छ र औषधि सेवन गर्नुपर्ने अवस्था कम हुन्छ तर अपथ्य सेवन गरिरहयो भने औषधि प्रयोगले पनि रोगव्याधिबाट छटकारा पाउन सकिदैँन । तसर्थ मधुमेहमा खानपान, आहार विहार तथा योग प्रणायाम सहितको स्वस्थ जीवनशैलीको ठूलो महत्व छ ।
मधुमेह रोगको लागी पथ्य तथा अपथ्य आहार विहार
पथ्य आहार
१. धान्य वर्ग (Cereals & millets) वा अन्न
२. शिम्बी वर्ग (Pulses) – चना, अरहर, गहत, मूँग, मसूरो ।
३. शाक वर्ग Vegetables
४. हारीत वर्ग leaty vegetables : – लोनिका, सहजनको पात, द्रोणपुष्पीको पात, गुर्जोको पात, काकमाची पत्र,
५. फल वर्ग — खजुर, आरु, कपित्थ, जामुन, डुम्री, तरबूजा,
६. तैल वर्ग — सरसोको तेल वा तोरीको तेल, तिलको तेल
७. अन्य वर्ग —तक्र (मोही), परेवा, तितिर आदि पँक्षीको मासु , कमल कन्द, खयर, अन्य तितो पदार्थ
पथ्य विहार
अपथ्य आहार र विहार
मधुमेहको लागी उपयोगी योगाभ्यास
(लेखक- जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र कालिकोटका प्रमुख आयुर्वेद चिकित्सक हुनुहुन्छ)