free hit counter अनौठो तरिका र फाइदाहरु - Khanpin Khabar

अनौठो तरिका र फाइदाहरु

  • खानपिन खबर

नुरराज कँडेल (नवराज)

परिचय

शरीरको विषाक्त तत्वहरुलाई बाहिर फ्याक्न मद्दत गर्ने सलाद पछि खाइने खाना रुचाउने र पचाउने उद्देश्यले खानाको प्रथम चरणमा खाइने साग, सब्जी, सानो इकाइको खानालाई सलाद भनिन्छ । यो आधुनिक खानपिनको शैली हो र धेरै अनुसन्धानहरुले सलाद हाम्रो पाचन प्रणाली र अन्य प्रणालीहरुलाई सकारात्मक भूमिका खेलेर तन्दुरुस्त राख्ने प्रष्ट पारेको छ । यसले मानव शरीरलाई धेरै फाइदा गदर्छ । विशेष गरी आमाशय, सानो आन्द्रा र ठूलो आन्द्रामा ओसिलोपना दिइएर त्यहाँ रगतमा भएका नकारात्मक तत्व सोसेर आन्द्रामा जमेका वा टाँसिएका लेऊसहित महलमुत्रबाट निश्कासन गर्न सहयोग पुर्याउँदछ ।

यस कार्यमा सकारात्मक भूमिका खेल्ने भेजिटेबल सलाद हो । भेजिटेबल भन्नाले काचो मुला, गाजर, हरियो खुर्सानी, भेँडे खुर्सानी, चुकन्दर, प्याज, विविध प्रकारका काँचै खाइने सलाद पत्ताहरु आदि पर्दछन् । किनकि सलाद चिज, माछा, मासु, अण्डाजन्य पनि हुने हुँदा फरक फरक विशेषता हुन्छ । सलाद फलफुलको (Fruits Salad) पनि हुन्छ तर यो खानाको शुरुको चरणमा नभई अन्तिम चरणमा खाइने हुँदा यसको व्याख्यामा फरक विशेषणता (गुण) पाइन्छ । हरिया सागसब्जी, काँचो खाइने सागहरु, चिज, अण्डा, पास्तालगायत मिसाएर सलाद बनाइन्छ भने ननभेज सलादको लोकप्रियता पनि उत्तिकै छ ।

रेष्टुराँ, होटल, मोटलमा गएर खाइने सलाद मात्र स्तरीय हुन्छ भन्ने आम मान्यता छ तर हामीले खाना खाँदा खाइने १/२ टुक्रा प्याज, गाजर, मुला, काँक्रो, खुर्सानी, पनि सलादनै हो । रेष्टुराँ जान जरुरी छैन । व्यवसायिक रुपमा प्रचलित सलादमा ग्रिन सलाद (सिजनको सागसब्जी) चिज र गोलभेँडा सलाद, पास्ता सलाद, लेटुस सलाद, कोेलसो सलाद (बन्दा, गाजर, मायोनाइज सस), झिंगेमाछा र यभोकाडो सलाद, रसियन सलाद, हवाइन सलाद, चिकेन चाट सलाद, टुनाफिस (माछा) सलाद, खसिको मासुको सलाद लगायत २ सय भन्दा बढी सलाद विश्वभर प्रख्यात र आकर्षक रुपमा चिनारी पाएका सलादहरु छन् ।

सलाद बनाउने स्तरीय मापदण्ड पाँच प्रकारका निम्न अनुसारका रहेका छन् । यो व्यवसायिक र स्तरीय होटल, रेष्टुराँमा मात्र प्रयोग हुन्छ ।

१ सलादको पहिलो भाग वा आधार क्षेत्र (Base) महत्वपूर्ण हुन्छ । सलाद प्लेटमा वा कचौरामा बाहिर ३-४ इञ्च देखिने गरी हरियो खानयोग्य सलाद पत्ता राख्नुपर्छ । र प्लेटको वरिपरि भए राम्रो नभए कम्तिमा एउटा पत्ता अनिवार्य हुन्छ ।

२. सलाद बनाउने प्रक्रियाको दोस्रो पाटोलाई मुख्य (Body) भनिन्छ । यसमा सलाद बनाइने आधारहरु वा भेज र ननभेज के हो, त्यसमाथि वा प्लेटमाथि राखिन्छ ।  तर सिपमूलक तरिकाले आकर्षक बनाइन्छ ।

३ तेस्रो पाटोमा स्वाद बढाउने प्रक्रिया हुन्छ । जसलाई ड्रेसिङ (Dressing) भनिन्छ । यो सलाद बनाइँदा मिसाइने एक प्रकारको सस हो । यस्ता ससहरु केही अमिलो, नुनिलो र चिल्लोपन भएका हुन्छन् ।

४. सलादको प्रमुख पाटो सजावट हो जसलाई गार्निस (Garnish) भनिन्छ । खानेकुरा आकर्षक देखिँदा खाउँ खाउँ लागि आत्मदेखिनै त्यसको माग हुन्छ र शरीरमा सकारात्मक ऊर्जा प्राप्त भई भोजनले अमृतको रुप लिन्छ । यस्तो सजावटमा कार्भिङ वा कलात्मक रुपमा काटिएको काचो कन्दमुलको फुल बनाई, सेलेरी, पार्सली, तुलसीको पात राखेर सजाइन्छ र आकर्षक पारिन्छ ।

५ पाँचौ भाग भनेको प्लेट हो । जुन सलाद दिने र खाने आधार हो ।

 

सलाद सस के हो ?  (What is salad sauce)

सामान्य बोलिचालीमा सस भन्नाले टोमाटो केचप र चिल्ली ससलाई बुझाउँछ तर ससको परिभाषा बृहत हुन्छ । कुनै पनि खानालाई पाचनयोग्य र स्वादयुक्त बनाउन प्रयोग गरिने झोल, लेदो, खानयोग्य तर परिकारमा मिसाइने वस्तु सस हो । र सस पनि एक प्रकारको परिकार नै हो । यस्ता ससहरुमा मायोनाइज, बेसामेल, होलोन्दाइज, टमाटो, चिल्ली, थाउजेन्ट आइल्यान्ड, सिजर, फ्रेन्च, रेडवाइन, भेनेगर, रुक्स आदि पर्दछन् । भेनेगर, रेडवाइन सस भनेको त्यही होइन त्यसको आधार प्रयोग गरी बनाइने सस हुनाले नामाकरण गरिएको हो । र त्यसरी बुझ्न जरुरी हुन्छ ।

 

विश्वमा प्रसिद्ध सलादहरु (World famous salads)

सलादको व्यवसायिक रुपमा विश्वभर भूगोल, क्षेत्र, संस्कारअनुसार विविध प्रकारले तयार गरिन्छ । विशेषत होटल, मोटल, रेष्टुराहरुले यसको उपयोग बढी गरेका छन् । प्रसिद्ध सलादहरुमा सभ्यताको विकास, देशको स्थिति र महादेशअनुसार अन्तर पाइन्छ । यसमा एसियनहरुले बढी ग्रिन सलाद, इटालियनहरुले लेटुस सलाद (काँचै खाइने सलाद पत्ताहरु), युरोपियनहरुले मांसहारी सलाद ह्याम ,बेकन ,ससेस , अमेरिकन र अष्टेलियनहरुले त्यसैको केही भिन्न रुपमा उपयोग गर्दै आएको पाइन्छ । संसारभर प्रसिद्ध सलादमा ग्रिन, मिस्टो, सिजर प्रमुख छन् भने मांसहारी सलादमा चिकेन चाट, स्रिम्प, रसियन र युरोपियन प्रमुख छन् । सलादहरुमा मिस्टो, क्यापे्रसि, ग्रिन, पास्ता, ग्याम्रोने, सिजर, कोलसोलगायतका पाइन्छन् ।

 

खाइने तरिकाको आधारमा सलादका चरणहरु

पहिले नै यसको व्याख्या गरियो ताकि खानाको प्रथम चरणमा सलाद खाइन्छ भनियो तर खाइने तरिकाको आधरमा यसलाई प्रथमदेखि अन्तिम चरणसम्म यसको उपयोग गरिन्छ । प्रथम चरण भनेको पचाउन र रुचाउनको लागि खाइने भयो त्यस बाहेकको खाइने प्रक्रिया भनेको प्रथमदेखि अन्तिम चरणसम्म हुन्छ । यसको व्याख्या गर्न पर्दा कुनै पनि समयमा खान मिल्ने र जुन चरणमा पनि हुन सक्दछ । यस्तो प्रक्रिया भनेको व्यक्तिको इच्छा र खानामा निर्भर हुन्छ । अधिकांश रेष्टुराँहरुले खानको साथमा बिना पैसा सालद जोडेर दिन्छन् भने कतिपयले व्यापारिक शैलीमा जोड गर्दछन् । यसअन्तर्गत मुख्य खानामा दिइने साइड सलाद पर्दछ । हुनत Apitite वा पचाउने उद्देश्यले खाइने सलादलाई प्रथम भूमिकामा राखिन्छ  भने मुख्य खानासँगै दिइनेलाई सहायक वा सँगसँगै जाने (Complimentry) भनिन्छ । मुख्य खानासँगसँगै सलाद, ग्रिल, ब्वायल, टोस्टेड भेजिटेबल प्लेटमा दिइन्छ । त्यो पनि मुख्य खानासँगै दिइन्छ ।

 

सलाद मुख्य प्रथम चरणभन्दा मुख्य खानामा पनि खाइन्छ

सलाद एपिटाइजर भए पनि मुख्य वा हामिले खाइने दाल, भात, तरकारी, अचारको सट्टामा पनि खान सकिन्छ वा लञ्च र डिनरको रुपमा । तर त्यसमा सागसब्जी र माछा, अण्डा, मासु र सामूहिक खानासहितको हुन्छ । यो भनेको मुख्य खाना हो । प्राय खाना कम खाने, मोटपन घटाउने व्यक्तिहरुले यो अभ्यास गर्न सक्छन् र उल्लेख्य अभ्यास गरिन्छ । किनकि खानाको लागि बाँच्ने होइन बाँच्नलाई खानुपर्छ भन्ने उक्ति सान्दर्भिक देखिन्छ । यस्तो सलादहरु शरीरलाई पूर्णरुपमा पोषण प्राप्त गर्ने, सुपाच्य हुने र यसको उपयोगबाट सन्तुष्टि प्राप्त गर्न सक्नु प्रमुख कारण हुनसक्छ भने यस अन्तर्गत खाइने सलादहरुमा इटालियन ,सिजर,सामुन्द्कि जिबहरु, मासुजन्य, फलफुल आदि पर्दछन् भने सलादहरुको अर्को स्वरुप भनेकोे खाना खाइसकेपछि खाइने Fruit Salad, Ice Cream लगायतका पर्दछन् । त्यसको पनि धेरै प्रकारहरु हुन्छन् जुन पछि प्रकाशित गरिनेछ ।