free hit counter पाचन सुधार्ने दही - Khanpin Khabar

पाचन सुधार्ने दही

  • खानपिन खबर

दहीलाई विश्वका सबै खाद्य संस्कृतिमा महìव दिइन्छ । प्राकृतिक अवस्थामा रहेको दहीले निरोगी रहन हामीलाई ठूलो सहयोग पु¥याउँछ । पाचन प्रणालीमा सहयोगी दही आफ्नो प्रोबायोटिक गुणले गर्दा रोगसँग लड्ने क्षमता वृद्धिका लागि पनि उपयोगी हुन्छ । दहीको प्रोबायोटिक गुणः प्राकृतिक अवस्थाको दहीमा शरीरलाई हित गर्ने ब्याक्टेरिया हुन्छन् । जसलाई चिकित्सा विज्ञानले प्रोबायोटिक्स भन्ने गरेको छ । शुद्ध र ताजा दहीमा ल्याक्टोबासिलस बल्गारियस, ल्याक्टोबासिलस एसिडोफिलस र स्ट्रेप्टोकोकस थेर्मोफिलस हुन्छन् र यी ब्याक्टेरियाले हाम्रो आन्द्रामा हितकारी र हानिकारक ब्याक्टेरियाबीच सन्तुलन बनाउन भूमिका खेल्छन् ।

यति मात्र होइन यिनीहरूले भिटामिन के र भिटामिन बी १२ तथा क्याल्सियमलाई रगतमा पुग्न सहयोग गर्छन् । यी हितकारी ब्याक्टेरियाको मात्रा असन्तुलित भएमा शरीरको पाचन प्रणाली बिग्रन्छ र शरीरले पोषक तत्व पर्याप्त मात्रामा अवशोषित गर्न सक्दैन । व्यक्ति रोगी बन्छ । दहीका हितकारी ब्याक्टेरियाले आन्द्रामा हानिकारक ब्याक्टेरियालाई नियन्त्रणमा राख्न आवरण नै तयार पार्छन् । जसले गर्दा दुवै समूहका ब्याक्टेरियाबीच प्रभुत्वका लागि प्रतिस्पर्धा चल्ने गर्छ । यस प्रतिस्पर्धामा प्रायः हितकारी ब्याक्टेरिया नै हावी हुन्छन् र हामी विभिन्न खालका पेटको रोगबाट सुरक्षित रहन्छौँ । नियमित रूपमा दही खाने मानिसलाई पेटको रोग खासै लाग्दैन ।

चिल्लोको राम्रो स्रोतः प्राकृतिक दहीमा शरीरलाई चाहिने चिल्लो पदार्थ हुन्छ । अत्यावश्यक फ्याटी एसिड तथा कन्जुगेटेड लिनोलिक एसिडको स्रोत हो दही । यी चिल्लो पदार्थ शरीरले निर्माण नगर्ने भएकाले दुग्धजन्य पदार्थबाट हामीले यी तत्व प्राप्त गर्नुपर्छ । अनुसन्धानबाट स्पष्ट पारिए अनुसार कन्जुगेटेड लिनोलिक एसिडमा क्यान्सरविरोधी गुण हुन्छ र यसले शरीरमा अनावश्यक बोसो कम गर्छ । प्रतिरक्षा प्रणाली बलियो पार्ने, खराब कोलेस्टेरोल घटाउने र मुटुको रोगको खतरा कम गर्नमा पनि कन्जुगेटेड लिनोलिक एसिडको भूमिका रहन्छ ।

क्याल्सियमको स्रोतः दहीलाई क्याल्सियमको राम्रो स्रोत मानिएको छ । यसमा हुने सर्ट चेन फ्याटी एसिडले गर्दा आन्द्राको एक भाग कोलोनमा अम्लीयता बनिरहन्छ र क्याल्सियम पाचनमा सहयोग पुग्छ । दहीमा शरीरलाई चाहिने रिबोफ्लाभिन, फस्फोरस र प्रोटिनसमेत पाइन्छ । शरीरलाई बहुउपयोगी दहीका गुणले आपूmलाई पोषित गर्न शुद्ध दही खानुपर्छ । ताज प्राकृतिक दहीबाट मात्र हामीले खोजेको पोषण प्राप्त गर्नसक्छौँ । स्वादका लागि गुलियो लगायतका विभिन्न तत्व हालिएर तयार पारिएको दहीमा प्राकृतिक दही जतिको शक्ति हुँदैन । एजेन्सी