free hit counter खिर : विश्वभर प्रसिद्ध - Khanpin Khabar

खिर : विश्वभर प्रसिद्ध

  • खानपिन खबर

कृष्णबहादुर कुमाल

साउने संक्रान्तिसँगै चाडपर्वको प्रवेश भएको छ । साउन १५ लाई खिर खाने दिनको रुपमा मनाइन्छ । प्राय गुलिया परिकार खानाको अन्तिम चरणमा खाइने भए पनि खिर हाम्रो संस्कारमा मुख्य खानाको रुपमा खाइन्छ । तर कतिपय देशहरुमा डेजर्ट वाखानाको अन्तिम चरणमा खाइँदै आएको पाइन्छ । खिर भनेर हामीले चामल, दूध र ड्राइनट्स लगायत मसला राखेर बनाउने बुझिए पनि यसको आधार क्षेत्र फराकिलो छ । जसमा पाउरोटी, केरा, पोरिज, चकलेट, नरिवलको दूध र छोकडा, गेडागुडी, लगायतबाट तयार पारिन्छ । खिर नेपालमा मात्र होइन विश्वभर नै निकै लोकप्रिय खाना हो । वास्तवमा चाइचिन चामलबाट मात्र खिर बन्दछ भन्ने होइन । खिरलाई सानो आगोमा विस्तारै उमालेर बनाइन्छ भने ओभनमा बेक गरेर पनि बनाउन सकिन्छ । प्राय खिर पकाउने विभि भनेको यिनै दुई प्रकारको हो ।

खिरका फाइदा
कृषिप्रधान देश नेपालमा खेतीबाली लगाएर सकिने बेला हो साउन । त्यसैले पनि थाकेको शरीलाई पोषण तत्व पुर्याउन पनि खिर निकै राम्रो मानिन्छ । दूध र चामल मिश्रित खीरलाई चिनी, ध्यु, सुख्खा फल आदिले स्वादिलो मात्रै होइन पोषिलो बनाउँछ । चामलमा कार्बोहाइडेड पाइन्छ भने दूध क्यासियम, प्रोटिन र पर्याप्त मात्रामा क्यालोरी पाउन सकिन्छ । गाईको दूधबाट बनाएको खीरबाट हामीले भिटामिन ‘ए’ पाउन सक्छौं । खीर बनाउँदा हालिने घ्युले हाम्रो शरीरमा चाहिने फ्याटको मात्रा पूरा गर्छ । खीरमा सुख्खा फल मिसाउँदा भिटामिन, मिनरल (खनिज) जस्ता तत्व पाउन सकिन्छ । खीर नरम खाना हो । चिल्लो नराखिएको खीर बिरामीलाई पनि खुवाउन सकिन्छ । खीर बच्चा, वृद्ध सबैलाई उपयुक्त भोजन हो ।

खिर (Rice pudding) बनाउने तरिका

 

आवश्यक सामग्री
– चामल १ गिलास (आधा घण्टा भिजाउने)
– काजु/किसमिस १० ग्राम
– नरिवल १० ग्राम
– दूध १ लिटर
– वटर १५० ग्राम
– चिनी १५० ग्राम
– सुकमेल ४/५ दाना
– जाइफलको धुलो ३ चिम्टी
– दालचिनी आदि चम्चा
– घिउ १/२ चम्चा
– अलैची आदि चम्चा

बनाउने तरिका
एउटा बाक्लो डेक्चीमा दूध तताउने । दूध उम्लिसकेपछि चामल राख्ने । आधा जति ड्राइफुड चामलसँगै राखेर पकाउने । करिव करिव पाक्ने बेलामा अन्य मरमसला राखेर राम्रोसँग चलाउने । त्यसपछि बाँकी रहेको ड्राइफ्रुट राखेर सजाउने । पकाएको १०/१५ मिनेट सेलाएपछि खीर तयार हुनेछ ।

(लेखक ले म्यारिडियन होटल युएईमा कार्यरत हुनुहुन्छ)