free hit counter क्यान्सरसम्म रोक्ने फर्सीको मुन्टा - Khanpin Khabar

क्यान्सरसम्म रोक्ने फर्सीको मुन्टा

  • खानपिन खबर

गाउँघरमा आजभोलि बारीभरि तरकारी मौलाएको हुन्छ । अहिले फर्सि, कर्कलो, घिरौला, चिचिण्डा, कलेला, लौका, स्कुस जस्ता तरकारीको सिजन हो । यो मौसममा यी तरकारी उत्पादन भइरहेको छ । त्यसमध्ये पनि सबैभन्दा बढी अहिले फर्सिको मुन्टा मौलाउने बेला हो । अरु तरकारी जस्तो बेमौसमममा उत्पादन गर्न नसकिने भएका कारण पनि यो तरकारी अप्राकिृतिक तवरबाट उत्पादन भएको हुँदैन । त्यसैले पनि यसले हाम्रो शरीरलाई फाइदा नै पु¥याउँछ । तपाईं हामी कसैलाई मन पर्न सक्छ भने कसैलाई मन नपर्न पनि सक्छ । तर त्यसको गुण जसले थाहा पाउँछ उसलाई फर्सीको मुन्टा अवश्य मन पर्नेछ । फर्सी र फर्सीको मुन्टा खानु हाम्रो स्वास्थ्यको लागि निकै नै लाभकारी मानिन्छ । यसले हामीलाई विभिन्न रोगबाट बचाइरहेको हुन्छ । हामीले यहाँ फर्सिको फाइदाबारे बर्णन गर्ने प्रयास गरेका छौं । फर्सीको मुन्टामा भिटामिन ई, सी, ए, बी ६, पोेटासियम, फोलिक एसिड, क्याल्सियम, कपर, प्रोटिन, म्याग्नेशियम, आइरन, फाइबर, फस्फोरस जस्ता खनिज पदार्थ पर्याप्त मात्रामा पाइन्छ । जुन हाम्रो शरीरलाई अपरिहार्य हो । विभिन्न अध्ययनहरुले देखाएअनुसार फर्सीको मुन्टा दिनहुँ खान सके उच्च रक्तचाप, कोलेस्ट्रोल, क्यान्सरजस्ता खतरनाक रोगबाट सुरक्षीत रहन सकिने देखाएको छ ।

यस्ता छन् फाइदा
फर्सीको मुन्टामा भिटामिन ए प्रसस्त मात्रामा पाइन्छ । जुन हाम्रो आँखाका लागि अनि आवश्यक छ । बदलिँदो जीवनशैली र खानपानका कारण अहिले के युवा के वृद्ध सबैलाई उच्च कोलेस्ट्रोलको समस्याले सताएको पाइन्छ । कोलेस्ट्रोलको समस्याबाट राहत पाउनका लागि फर्सीको मुन्टा निकै उपयोगी मानिन्छ । फर्सीको मुन्टामा पाइने फाइबरले कोलेस्ट्रोललाई नियन्त्रण गर्नुका साथै मुटुलाई पनि स्वस्थ राख्नमा मद्दत गर्छ । मधुमेह (चिनी) रोग अहिले समाजमा सामान्य जस्तै भएको छ । तर यो खतरनाक रोग हो । मधुमेह रोगबाट राहत पाउनका लागि फर्सीको मुन्टा फाइदाजनक मानिन्छ । फर्सीको पातको सागमा हाइपोग्लिसिएमिक नामक तत्व हुन्छ जसले ग्लुकोजको मात्रालाई कम गर्न मद्दत गर्दछ । फर्सीको मुन्टामा पाइने एन्टी–अक्सीडेन्टले तपाईँको बढ्दै गरेको उमेरलाई छेक्दै जवान देखाउनमा मद्दत गर्दछ । प्रजननका लागि पनि फर्सीको मुन्टा खानु फाइदाजनक हुन्छ । किनकी फर्सीको मुन्टाले हाम्रो शरीरबाट नष्ट भएको टेस्टीकुलर र स्पर्म बन्ने प्रक्रियालाई मद्दत पु¥याउँछ । जसको मद्दतले तपार्ईँको प्रजनन क्षमतामा वृद्धि हुन्छ । फर्सीको पातमा पर्याप्त मात्रामा भिटामीन सी पाइन्छ । जुन तपाईँको छालाको लागि अति आवश्यक भिटामिन हो । भिटामीन सी ले छालामा भएको मृत कोषलाई निकालेर छालालाई स्वस्थ र सुन्दर बनाउँछ । फाइबर एक यस्तो तत्व हो जसको सेवनले तपाईँलाई अनेक रोगबाट बचाइरहेको हुन्छ । फर्सीको मुन्टामा पाइने फाइबरले तपाईँको शरीरमा भएको क्यान्सर कोषीकाहरुलाई रोक्नमा मद्दत पुयाउँछ । फर्सीको मुन्टामा पाइने पोटासियमले तपाईँको पाचन प्रणालीलाई स्वस्थ राख्नमा मद्दत गर्छ ।

फर्सी र बियाँ पनि उत्तिकै लाभकारी
पहेँलो भएर पाकेको फर्सी झन् फाइदाजनक मानिन्छ । यसमा हुने बेटा क्यारोटिन, एन्टिअक्सिडेन्टले हाम्रो शरीरमा क्यान्सरको सम्भावनालाई समेत कम गर्छ भने मुटु रोगमा समेत फाइदा गर्छ । फर्सीको बियाँ पनि उत्तिकै फाइदाजनक हुन्छ, यसको बियाँबाट मनग्गे मात्रामा प्रोटिन, भिटामिन, फ्याटि एसिडहरू पाउन सकिन्छ । यसले शरीरमा चाहिने पौष्टिक पदार्थको आवश्यकतालाई पुरा गर्न समेत मद्दत गर्छ । फर्सीको बियाँमा पाइने म्याग्नेसियम, पोटासियम, जिन्कले शरीरलाई स्वस्थ, स्मरण शक्तिको विकास, हाडलाई बलियो बनाउन समेत मद्दत गर्छ । फर्सीले कार्डियोभास्कुलर रोगहरूमा समेत फाइदा पु¥याउँछ भने तनावलाई समेत कम गर्न मद्दत गर्दछ । कमलपित्त, क्षयरोग, बढी तिर्खा लाग्ने, कलेजोमा खटिरा जस्ता रोगलाई कम गर्न पनि फर्सीले सहयोग गर्छ । कब्जियत, पायल्स जस्ता रोगलाई पनि फर्सी निकै लाभदायी मानिन्छ । निन्द्रा नलाग्ने समस्यामा पनि फर्सीको दाना निकै लाभकारी मानिन्छ । फर्सीको ८÷१० वटा बियालाई भुटेर एक गिलास दुधसँग खानाले मस्त निन्द्रा लाग्दछ । फर्सीका १०–१५ बियाँ नियमित खाँदा छाती पोलेको समस्या पनि ठीक हुन्छ । (एजेन्सी)