साधारणतया दूध नराखेको बरफयुक्त कालो चियालाई आइस चिया भनिन्छ । ।
आवश्यक सामग्री
कालो चिया- १ गिलास (उमालेको)
चिनी झोल- २ चम्चा (ठूलो)
कागतीको काटेको टुक्रा- ५ स्लाइस
बरफ- ५ टुृक्रा
बनाउने तरिका
सर्वप्रथम १५० मि.लि जति कालो चिया तयार गर्ने र सेलाउने । त्यसपछि एउटा गिलासमा आइसको टुक्रा र कागती स्लाइस राख्ने र माथिबाट सेलाएको कालो चिया खन्याउने । चिनीको आवश्यकता परेमा झोल चास्नी राख्ने अनि सानो चम्चा वा स्टिकले बिस्तारै आइस चलाउने ताकी चिया पुरा भएपछि आइस टि तयार भयो ।