free hit counter कतिबेला अण्डा खतरनाक ? - Khanpin Khabar

कतिबेला अण्डा खतरनाक ?

  • खानपिन खबर

सामान्यतया स्वस्थ अण्डाले मानव शरीरलाई चाहिने सम्पूर्ण पोषण तत्वहरु प्रदान गर्दछ । अझ पाँच वर्षभन्दा कम उमेरका बालबालिकाका लागि सम्पूर्ण पोषणले युक्त मानिन्छ । हप्तामा ३–४ वटा अण्डा खुवाउनु उपयुक्त हुन्छ । त्यसभन्दा बढी खुवाएमा कब्जियतलवगायतका स्वास्थ्य समस्या उत्पन्न हुनसक्छ । बयस्क व्यक्तिका लागि शारीरिक क्रियाकलापअनुसार यसको मात्रा निर्धारण गर्न सकिन्छ । जसमा व्यक्तिको अन्य आहार, शारीरिक अभ्यास, रोग आदिले निर्धारण गर्दछ । कुनै बेला मुटुरोगलाई हानिकारक मानिएको अण्डा हाल आएर सीमित मात्रामा वा हप्तामा २ वटासम्म खानु फाइदाजनक मानिएको छ । यसमा चिल्लो पदार्थ, प्रोटिन, भिटामिन, कार्बोहाइडेड लगायतका अत्यावश्यक पोषण तत्व उपलब्ध हुन्छ ।
स्वास्थ्यबद्र्धक मानिएको अण्डा कुनै बेला विष सावित हुन्छ । ओथारो बसेको अण्डा, खराब वातावरणमा हुर्केको रोगी कुखुरीबाट उपलब्ध अण्डामा सालमोनेला नामक जिवाणु रहन्छ । यसको सेवनले ६–७२ घण्टाभित्र झाडावान्ता, अतिसार पेट दुख्ने जस्ता लक्षण देखिन थाल्छ । यस्ता जीवाणु कम संख्यामा हाम्रो शरीरमा उपस्थित भए पनि हानि नोक्सानी पु¥याउन सक्छ । आफूलाई कुनै लक्षण देखिएमा नजिकको स्वास्थ्य चौकीमा जानुपर्छ । आफूखुशी एन्टिबायोटिक खानु हुँदैन । रगत परीक्षण गरी चिकित्सकको सल्लाहबमोजिम मात्रै औषधि चलाउनु पर्दछ ।