free hit counter  मटन दम पुलाउ (Mutton dam pulauo) - Khanpin Khabar

 मटन दम पुलाउ (Mutton dam pulauo)

  • खानपिन खबर

आवश्यक सामान 

हड्डी नभएको खसीको मासु एक केजी
ल्वाङ, सुकेमेल पाँच–छ पिस
अदुवा, लसुन पेष्ट दुई चम्चा
बेसार आधा चम्चा
दही आधा कप
दालचिनी २० ग्राम
केसर आधा चम्चा
मटन स्टक १.३ लिटर
मिट मसला एक चम्चा
तेजपात चार पिस
वटर १०० ग्राम
नुन, खुर्सानी स्वाद अनुसार
जिरा पाउडर आधा चम्चा
गरम मसला आधा चम्चा
बेसार आधा चम्चा
जिरा दाना एक चम्चा
वासमती चामल एक केजी
ड्राई फ्रुट १०० ग्राम

तयार गर्ने विधि

मटन सानो–सानो पिस गर्ने र दही, नुन, बेसार, तेल, अदुवा, लसुन पेष्ट, नुन, खुर्सानी, धूलो मसला हालेर मेरिनेट गरेर ३० मिनेटजति राख्ने । कुनै बाक्लो भाँडोमा घिउ तताएर अदुवा, लसुन, ल्वाङ, सुकुमेल, तेजपात, जिरा हालेर फुराउने । ३० मिनेटपहिला मेरिनेट गरेर राखेको खसीको मासुलाई हालेर पाँच मिनेटजति पकाउने । अब २० मिटेनपहिला भिजाएर राखेको चामल मटनमा राखेर चलाउने । उमालेको मटन स्टक र चाहिनेजति नुन, मसला, ड्राई फ्रुट हालेर पाक्न दिने । पानी सुक्न लागेपछि दूधमा भिजाएको केसर हल्का जाइफल हालेर सिलवर फोइलले हावा बाहिर नजाने गरी कभर गर्ने र माथिबाट बिर्कोले छोपेर आगो कम गरेर ३० मिनेटजति पकाउने ।