free hit counter होसियारी अपनाऔं तिहारको खानपिनमा - Khanpin Khabar

होसियारी अपनाऔं तिहारको खानपिनमा

  • खानपिन खबर

चाडपर्वका धनी हामी नेपाली । बाह्रै महिना केही न केही पर्वले उल्लास थपिरहेको हुन्छ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार र त्यसको खानपिनका बारेमा हामीले यहाँ चर्चा गरेका छौं । चाडपर्वको समयमा खानपानमा ध्यान नदिदा हाम्रो स्वास्थ्यमा नराम्रो असर परेको हामी सबैले महसुस गरिरहेका हुन्छौ । त्यसमाथि दशैं तिहार भनेपछि चिल्लो पिरो र नियमित भन्दा अलि बढी नै खानपिनको प्रबन्ध गरिएको हुन्छ ।

खास गरी तिहारमा बनाइने विभिन्न प्रकारका रोटी र बजारमा पाइने अनेकौ प्रकारका मिठाईको प्रयोग अत्यधिक हुने गर्दछ । बजारमा अनेक किसिमका मिसावटबाट बनाइएका त्यस्ता मिठाई र अन्य खानेकुराहरुले हाम्रो स्वास्थ्यमा नराम्रो असर गर्ने कुरा हामीलाई थाहा भएर पनि हामीले प्रयोग गरिरहेका हुन्छौ । बजारका खानेकुराहरु किन्दा हामीले समान्य कुराहरुमा सजक भयौ भने हामी त्यस्ता रोगबाट बच्न सकिन्छ । बजारबाट दुध, पनिर लगायत अन्य चिज किन्दा सजक भएर प्याकेट खुला भएको नभएको हेरेर किन्ने गरौ । तिहारको समयमा मिठाई अलि बढी नै किन्ने गरिन्छ ।

बजारमा पाइने अनेकौ किसिमका मिठाईमा मिसावट गरिएको तेल वा घ्युबाट बनाइएको हुन्छ तसर्थ बजारबाट किनेका त्यस्ता मिठाईको सकेसम्म कम प्रयोग गरौ । जसले हामीलाई स्वस्थ हुन् मद्धत गर्दछ । चाडपर्वको बेला खानपिन अलि बढी नै हुने हुनाले अरुबेलाको भन्दा बढी झोल पदार्थको सेवन गर्नुस जसले अपच हुने र शरीरमा रोग लाग्नबाट बचाउन सक्छ ।

त्यस्तै खाना खादा फलफुल, सलाद पनि खाने गरौ जसले शरीरमा बजारिया समानबाट आएको विषालु तत्वलाई यसले बाहिर निकाल्न मद्धत गर्दछ । बिहान उठ्नासाथ खालि पेटमा कागती पानी पिउने गरौ जसले पनि हाम्रो शरीरमा खानेकुर बाट भित्र रहेका विषालु तत्वलाई बाहिर निकाल्न सहयोगी हुन्छ । हेर्दा र पढ्दा सामान्य लागे पनि यी कुराहरुमा ध्यान दिएमा चाडपर्वको बेला अस्वस्थ हुनबाट बच्न सकिन्छ ।