free hit counter सुखमय यौन जीवनका लागि यस्तो छ खानपान - Khanpin Khabar

सुखमय यौन जीवनका लागि यस्तो छ खानपान

  • खानपिन खबर

यौन दुई शरीरको मिलनमात्र होइन, दुई मनको मिलन पनि हो । यो यस्तो कला हो, जसले जीवनलाई रसिलो बनाउँछ । तर, यौनसम्बन्धी सामान्य जानकारीको अभाव र भ्रमले गर्दा जीवनलाई निरस बनाइरहेको छ । यौन असन्तुष्टिकै कारण सम्बन्धहरू टुटेका छन् भने कतिको जीवन नै समाप्त भएको छ । धेरै मानिसहरूमा यौनाङ्गहरुको घर्षणमात्रै सेक्स हो भन्ने गलत बुझाइ रहेको छ । सेक्स भनेको ‘सम–भोग’ अर्थात् सम्भोग, बराबर भोग भन्ने बुझ्नका लागि यौनशिक्षा अत्यावश्यक छ । लामो समयसम्म सम्भोग गर्न सक्नुले मात्रै यौन जीवन सुखद हुने होइन, त्यो समय कसरी बित्यो भन्ने मुख्य सवाल हो । दुई÷तीन मिनेटमै पनि दुवैजना सन्तुष्ट हुन्छन् भने त्यो सफल यौन जीवन हो । यस्ता सानातिना भ्रमले नै यौनका विषयमा खुल्न नसकेको हाम्रो समाज भित्रभित्रै भूसको आगो झैं गुम्सिएको छ । यौन तथा शारीरिक सम्पर्क प्राकृतिक परम्परा भएकाले यसलाई पुरा गर्न दम्पत्तीमा शक्तिको आवश्यकता पर्दछ । स्वास्थ्य चिकित्सकहरुका अनुसार महिला भन्दा पुरुषमा धेरै यौनशक्ति आवश्यक हुन्छ ।

यौन दुर्वलता धेरै जोडीको पीडाको विषय बन्दै गएको छ । यो समस्या समाधानका नाममा अहिले घरघरै पिच्छे जस्तो नानाथरि औषधिको प्रचार प्रसार र बिक्री वितरण भइरहेको छ । यसको अनुगमन न त प्रशासन गरेको छ न त सम्बन्धित निकायले नै । यस्ता औषधिको प्रयोग गर्दा पनि समस्या समाधान हुँदैछ बरु त्यसले स्वास्थ्यमा दीर्घकालीन समस्या उत्पन्न गर्न थालेको छ । यौनशक्ति बढाउन घरेलु उपाय नै सबैभन्दा प्रभावकारी मानिन्छ । अव्यवस्थित खानपान, तनावपूर्ण जीवनशैलीलगायतका कारण यस्ता समस्या आउने गरेको चिकित्सकहरु बताउँछन् । त्यसैले यौन शक्ति बढाउन सबैभन्दा पहिले तपाईंले खानपानमा सुधार गर्नुपर्छ । शरीरका लागि चाहिने आवश्यक पोषक तत्व यकिन गरी खाएमा यो समस्या आउँदैन । शारीरिक व्यायमले मानिसलाई अन्य रोगसँग लड्ने क्षमताको वृद्धि गर्नुका साथै यौनमा पनि सबल बनाउँछ । प्रायः दम्पती यौन सम्पर्क गर्दा एकै किसिमको तरिकालाई पछ्याइरहेका हुन्छन् । अन्य जीवन शैली जस्तै यौन पनि एउटै रुटीनमा जाँदा बोरिङ र नीरस हुन्छ । त्यसैले यौनलाई उत्साहित बनाउनका लागि केहि नयाँ तरिका अपनाउन सकिन्छ । सम्बन्धलाई ताजा बनाउन नयाँ कुराहरु अति नै आवश्यक देखिन्छ ।

केरा

स्वास्थ्यका हिसावले केरा निकै महत्वपूर्ण फलफुल हो । तर आजकल बजारमा पाइने केरालाई कार्बाइड राखेर पकाइएका कारण यसले फाइदा भन्दा पनि बेफाइदा बढी पु¥याउँछ । प्राकृतिक रुपमा उत्पादन गरिएको र सोही अनुरुप पकाइएको केरामा भिटामिन सी, ए र बी १ भरपुर मात्रामा पाइन्छ, जसले पुरुषको शरीरमा शुक्राणु उत्पन्न गर्ने क्षमता बढाउँछ । केरामा हुने ब्रोमेलिन नामक एन्जाइमले यौनइच्छा बढाउन र सेक्स हार्मोन्सलाई नियन्त्रित गर्दछ । वास्तवमा केरा फलहरु मध्ये सबैभन्दा उत्तम फल हो । यसमा स्याउमा भन्दा ४ गुणा बढि प्रोटिन, दोब्बर कार्बोहाइड्रेट, तेब्बर फोस्फोरस, पाँच गुणा बढि भिटामिन ए तथा आइरन पाइनुका साथै दोब्बर मात्रामा अन्य भिटामिन तथा लवण पाइन्छ ।

छोकडा (खजुर)

प्रचण्ड गर्मीमा रटरम्म फल्नु फलफुल हो खजुर । यो फल खाडी मुलुक साउदी अरब, कतार दुबई जस्ता खाडी देशमा अत्याधिक रुपमा फल्दछ । जाडो मौसममा खजूर खाँदा धेरै फाइदा हुन्छ । यसमा आइरन, मिनिरल, क्याल्सियम, अमिनो एसिड र फस्फोरस जस्ता भिटामिन अत्याधिक मात्रामा पाइन्छ । खजुरलाई बलवर्धक मानेर उपयोग हुँदै आएको छ । खजुर शीतल, मधुर रस भएको, रुचिकारक हुने आयुर्वेदले मानेको छ । आयुर्वेदले खजुरलाई वीर्यवर्धक, पुरुषत्व जगाउने, बलदायक मानेको छ ।

फर्सीको बियाँ

महिला होस् या पुरुष फर्सीको बियाँले प्रजनन क्षमता बढाउन निकै ठूलो मद्दत गर्ने विभिन्न अध्ययनहरुले देखाइसकेको छ । फर्सीको बियाँमा जिंक, क्याल्सियम, पोटासियम र फस्फोरसको साथै भिटामिन सी, बी, डी, ई र के पाइन्छ, जसले यौनइच्छा जगाउने काम गर्दछ । फर्सीको बियाँलाई प्रोटिनको उच्च स्रोत मानिन्छ । यसमा शरीरलाई अत्यावश्यक पर्ने जिङ्क प्रशस्त मात्रामा पाइन्छ । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै कोषहरुको वृद्धि, पुरुषहरुको यौनक्षमता वृद्धि र इन्सुलिनको कामलाई नियन्त्रिण गर्न मद्दत गर्छ । फर्सीको बियाँमा पाइने ‘अल्फा–लिनोलेनिक एसिड’ले मुटु स्वस्थ राख्दछ ।

खरबुजा

भिटामिन सी र ए प्रचुर मात्रामा भएको खरबुजाले प्रतिरोधी क्षमता बढाउँछ । खरबुजा चिसो फल भएकाले पेट र दिमागलाई शान्त पार्दछ । रच्च रक्तचापको समस्या भएकाले खरबुजा खानुपर्छ । खरबुजामा निकै कम सोडियम हुन्छ र यो चिसो पनि हुन्छ । गर्मी मौसममा पाइने यो फलले यौन शक्ति बढाउन सहयोग गर्छ । खरबुजालाई प्राकृतिक भियाग्रा पनि भनिन्छ । खरबुजामा लाईकोपीन, बीटा केरोटीन र सीट्रलाइन जस्ता फाइटोन्युट्रिएन्ट्स पाइन्छ, जसले रक्तप्रवाहलाई आराम पु¥याउन सहयोग गर्छ । खरबुजाको नियमित सेवन गर्नाले कामेच्छा बढ्छ ।

हरियो तरकारी

हरियो तरकारीमा यौन इच्छा बढाउने तत्व हुन्छ । हरियो तरकारीमा अमीनो एसिड भरपुर मात्रामा हुन्छ, जन शरीरमा गएर नाइट्रिक अक्साइडमा परिवर्तित हुन्छ । त्यसले पुरुषहरुमा इरेक्शन लामो समयसम्म रहिरहन सहयोग गर्छ । त्यस्ता तरकारीहरुमा कुरिलो, हरियो कर्कलो, न्यूरो, तामा (जुनसुकै टुसा) पर्दछन् । त्यतिमात्रै होइन भिजाएर उमारिएका गेडागुडीले पनि यौन इच्छा बढाउन मद्दत गर्दछ ।

हरीयो खुर्सानी

 


खानालाई स्वादिलो बनाउने हरीयो खुर्सानी यौन जीवन सबल बनाउन पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । हरीयो खुर्सानीमा धरै प्रकारका पोषक तत्वहरु जस्तैः भिटामिन ए, बी ६, सी, आइरन, कपर, पोटाशियम, प्रोटीन र कार्बोहाइड्रेट पाइन्छ । यतिमात्र होइन यसमा बिटा क्यारोटीन, क्रीप्टोक्सान्थिन, लुटेन–जकक्सन्थिन आदि स्वास्थ्यवर्धक गुणहरु पनि पाईन्छ । हरीयो खुर्सानीले थुप्रै स्वास्थ्य सम्बन्धी समस्याहरुबाट छुट्कारा पाउन सकिने कुरा पनि विभिन्न अध्ययनहरुले देखाइसकेको छ । हरियो खुर्सानीले तपाईको यौनजीवन सबल बनाउने काम गर्छ । हरीयो खुर्सानीको सेवनले गोप्य अंग वरपरका अंगहरुमा रक्त सञ्चार राम्रोसँग गराई कामोत्तेजना बढाउँछ ।

अण्डा

अण्डामा भिटामिन बी ५ र बी ६ हुन्छ, जसले यौन जीवनलाई राम्रो बनाउन सहयोग गर्छ । अण्डामा भएको प्रोटिनले शारीरिक कमजोरी हटाएर शरीरमा नयाँ ऊर्जा थप्ने काम गर्छ । अण्डामा उच्च गुणस्तरीय प्रोटिन पाइन्छ । प्रोटिन मानव सरीरको मुख्य संरचनागत तह हो । सरीरका सबैखाले तन्तु तथा अणु बन्नका लागि प्रोटिनको आवश्यकता पर्छ । त्यसैले स्वस्थ रहनका लागि भोजनमा पर्याप्त प्रोटिन हुनु अनिवार्य छ । अण्डा प्रोटिनको निकै राम्रो श्रोत हो । एउटा अण्डामा ६ ग्रामसम्म प्रोटिन हुन्छ । अण्डामा सबैखाले आवश्यक एमिनो एसिड ठिक्क अनुपातमा पाइन्छ । (एजेन्सीहरुको सहयोगमा)