free hit counter सबैका लागि उत्तिकै फाइदाजनक - Khanpin Khabar

सबैका लागि उत्तिकै फाइदाजनक

  • खानपिन खबर

कृष्णबहादुर कुमाल

इतिहास केलाउँदा सुपलाई जानेर नजानेर विविध प्रकारले उपभोग गरिएको पाइन्छ । इतिहासको धेरै पुरानो कालखण्डदेखिनै खानपिनको कुनै न कुनै रुपमा यसको प्रयोग भएको देखिन्छ । शुरु शुरुमा झोलिलो पदार्थमा ढोस पदार्थ मिसाएर भोजन गरिन्थ्यो । अहिले पनि गरिन्छ, जसले निल्न सजिलो बनाई पाचन योग्य पनि बनाउँछ । मुख, भोजननली, आमाशय हुँदै आन्द्रासम्म पुगेर निश्कासनमा (मल, मुत्र बाट बाहिर निस्कने प्रक्रिया) सहयोग हुने गर्दछ । तर जानेर होइन कि निल्न सजिलोको लागि झोलको प्रयोग गरिन्थ्यो । त्यसबेलाको कतिपय अवस्था ठिक थिए  भने कतिपय ठिक थिएनन् ।

 

सुपको आविस्कार कसरी भयो ?

लगभग १३ हजार वर्ष पहिलादेखिनै कुनै न कुनै रुपमा सुपको अभ्यास भएको पाइन्छ । धातुका भाँडाको आविस्कार नहुँदै ढुंगा माटाका भाँडामा पनि सुप तयार गरिन्थ्यो । त्यसरी तयार पारिएका सुप जस्तो पनि हुन सक्थ्यो । उपलब्ध भएअनुसारका सागम्री प्रयोग हुने भएकाले प्रत्येक पटक त्यसको स्वरुप र स्वादमा फरक पर्दथ्यो । यसैको निरन्तर अभ्यासपछि धातु वा पानी नछिर्ने भाँडा वर्तनमा विविध प्रकारले सुप बनाई प्रयोग गर्न थालियो । त्यतिबेलासम्म त्यसको नामाकरण पनि भएको थिएन । स्थानअनुसार फरक फरक नामले चिनिन्थ्यो ।

सुप (Soup) फ्रेन्च शब्द Soupe बाट प्रचलित भयो । यसको अर्थ ब्रथ वा छोक्य्राइलो भन्ने बुझिन्छ भने ल्याटिन क्षेत्रहरुमा सुपभित्र ब्रेडको टुक्रा राखेको भन्ने बुझियो । त्यसैगरी जर्मनतिर (Sop) सोप भनिन्थ्यो जसको अर्थ सुपभित्र पाउरोटीको टुक्रा राखेर भिजाई बाक्लो बनाउने भन्ने थियो । यसको विकसित स्वरुप १६औं शताब्दीतिर फ्रान्समा देखाप¥यो । त्यसपछि सन् १७६५ मा पर्सियन नागरिकले सुपको मात्र भेराइटी राखेर रेष्टुराँ खोले । सन् १७४२ मा अमेरिकाको भर्जिनियाबाट सुपलाई व्यवस्थित खानपानमा राखेर खान थालियो अनि सबैतिर फैलियो । सन् १९७० देखि फ्रान्समा खानभन्दा पहिला सुप खाने प्रचलन थियो ।

हाल आएर सुप तातो, चिसो, क्यानको इच्छाअनुसार पाइन्छ भने भेज, ननभेज, फलफुलको, सुख्खा धुलो (Dry) विविध प्रकारले उपलब्ध छन् ।

 

त्यसपछि भएका अभ्यास

मानव सभ्यताको विकास हुने क्रममा जब पारिवारिक रुपमा बसोबास हुन शुरु भयो त्यसपछि अझै विकसित हुँदै जान थाल्यो । जसमा कडीको सुप, झोल (मोहीलाई झानेर नुन, मसला राखेको झोल), ज्वानोको झोल जनावर वा पंक्षीको खुट्टाको झोल, गुन्द्रुकको झोल, सामुद्रिक जीवहरु उमालेर बनाइने झोलहरु , विरामी पर्दा औषधिको लागि र त्यसपछि क्रमशः दैनिक प्रयोजनमा आउन थाल्यो । अहिलेसम्म पनि सफल रुपमा चलन चल्तिमा छ ।

 

आधनिुक्रयगुमा प्रबेस

खानपिनको आधुनिक सभ्यता फ्रान्सबाट शुरु भयो र फ्रेन्च क्लासिकल मेनुमा यसलाई खानको दोस्रो चरणमा (Second Course of Meal) राखियो । त्यसबखत खानाको ११ औं चरण वा एक पटक बिहान वा बेलुका खाना खाँदा ११ प्रकारका खाना क्रमवद्ध रुपमा खाँदा राम्रो हुन्छ भन्ने वैज्ञानिक मान्यता आयो किनकि क्रमशः खाइने खानाहरु एकले अर्कोलाई पचाउन सहयोग गर्ने र स्वास्थ्यमा सकारात्मक सहयोग हुने निश्चित गरियो । कहिं कतै लामो समय र हालसम्म लागू भए पनि यस  खानाको चरण हाल आएर ३ देखि ५ मा  प्राय सीमित भयो र पनि सुप छुटेन । बरु अन्य मांसहारी परिकार हटाई खानाको चरण पनि घटाइयो र प्राय : हाल विकसित राष्ट्रहरुमा यो कायमै छ भने अविकसित, अल्प विकसित र विकासोन्मुख देशहरुको बुझाई फरक हुन सक्छन् किनकि आवश्यक तालमेल र नयाँ प्राविधिबाट बाहिर भएको हुनसक्छ ।

 

कसरी बनाइन्छ त सुप ?

सुप भनेको झोलिलो पदार्थ जसमा स्टक, सस, बटर, क्रिम, घिउ, तेल, विभिन्न पिठोहरु मिसाई नुन, मरिच, लसुन, पानी र हरियो धनियाँ, बेसिल, सेलरि, चिजलगायतको सामग्रीले माथि सजाएर तयार पारिसुप बनाइन्छ भने यसको आधिकारीक अवस्थामा खास फरक पर्दैन ।

 

किन हुन्छ सुपको आवश्यकता ?

मानव शरीरको लागि खाद्यान्न अनिवार्य हो । तर खाना खाँदा सबै प्रकारले फाइदा हुँदैन । त्यसैले खाना खानुभन्दा पहिला सुप पिउनु राम्रो मानिन्छ । सुपले मुख, भोजन नली, आमाशय र आद्रालाई मुलायम (सफ्ट) बनाइदिन्छ । जसको कारणले त्यसपछि खाइने खानाले भोजन नलीलाई चोट नपुग्ने, पाचन प्रक्रियालाई सहयोग गर्ने प्रमाणित भइसकेको छ । सुप आफैंमा झोलिलो, चिल्लो र  मुलायम हुन्छ भने त्यसपछि खाइने खानालाई पचाउन मद्दत गरी शरीरलाई राम्रो सहयोग गर्दछ । यो पूर्ण रुपमा सन्तुलित खाना हुन्छ र प्रायः पाचन प्रक्रियालाई सहयोग गर्दछ । व्यवसायिक प्रयोग भई रहँदा सुपलाई दुई प्रकारमा विभाजन गरियो ती हुन् पातलो सुप (Clear Soup) र बाक्लो सुप (Thick Soup) अथवा छानेको र नछानेको (Pass and unpass) पनि भनिन्छ । सुपलाई अर्को थप परीकारमा ब्रथ थप्न सकिन्छ यो थिक थिन दुवै होइन छोक्य्राइलो (Broth) सुप हो । जसमा पातलो झोल र माछा, मासु, ब्रेड, सागसब्जिका सजावटका केही टुक्राहरु वा सागपात , जस्ता हरियो पत्ताहरु राखिन्छ ।

 

कस्तो अवस्थामा बढी महत्व !

गर्मी मौसममा मानव शरीरको पाचन प्रणाली कमजोर हुन्छ वा शरीरले पचाउने  रसायन कम उत्पादन गर्दछ । त्यस्तो समयमा सुप खाएर स्वस्थ र स्वच्छ खाना खाँदा सजिलै पाच्य हुन्छ । हुनत सबै समयमा सुपको महत्व उत्तिकै हुन्छ । विशेषगरी गर्मी याममा यसको अझै धेरै महत्व हुन्छ । अर्को महत्वपूर्ण अवस्था भनेको धेरै चिसो समय हो जुन बेला प्रशस्त पानी पिइँदैन र शरीरमा पानीको मात्रा कम हुन्छ तब यस झोलले मानव शरीरलाई आवश्यक पोषण तत्व प्रदान गरी पानीको मात्रा पनि भरथेग गर्दछ ।

तातो, पिरो, सुपको सेवनले शरीरका सम्पूर्ण प्रणाली सक्रिय हुन्छन् र शरीर स्वस्थ बन्दछ । यसरी खाइने सुपहरुमा गर्मी मौसममा मिनिस्ट्रोनी, कसंमे, फ्रेन्च प्याज, च्याउ, क्रिम अप टोमाटो, तालुमिन सुप बढी लाभदायक मानिन्छ भने जाडोमा खुट्टिको सुप, मुल्गातानी सुप, ज्वानो सुप, गुन्द्रुक भटमासको सुप, च्याउको सुप, गोलभेडाको सुप र हड्डिको सुप फाइदाजनक हुन्छन् । जे जस्तो मौसम भए पनि प्रतिदिन सुप खाँदा धेरै नै लाभ मिल्दछ ।

 

सुप खानै पर्ने स्थिति

कुनै पनि व्यक्ति ब्रत बसेर वा एक दुई दिन खाना नखाएर (१२ देखि ४८ घण्टा) बसेको भए पहिला सुप सेवन नगरी अन्य ठोस खाना सेवन गर्न हुँदैन । किनकि त्यस बेला भोजन नली, आमाशय, आन्द्राहरु रुखो र निश्क्रिय हुन्छन् । जब सुपको प्रयोग गरिन्छ तब शरीरका सबै प्रणाली सक्रिय बन्दछ । त्यसपछि पाचन प्रणालीले पनि सक्रिय भूमिका निर्वाह गर्दछ । यो प्राकृतिक नियममा आधारित हुन्छ । बच्चा, विरामी, बृद्धवृद्धाको लागि अत्यावश्यक आहार हो । यो वैज्ञानिक खानपिनमा आधारित   छ ।

(लेखक ले म्यारिडियन होटल युएईमा कार्यरत हुनुहुन्छ)