free hit counter शरीरले देखाउँछ रोगको सङ्केत - Khanpin Khabar

शरीरले देखाउँछ रोगको सङ्केत

  • खानपिन खबर

मानिसको शरीरको कार्यप्रणाली एक मेसिन जस्तै हुन्छ । हरेक दिन मानिसको मुटुले सयौँ लिटर रगत पम्प गर्छ । यति मात्र होइन मानिसको हड्डी कङ्क्रिटभन्दा चार गुणा बलियो र प्रत्येक मिर्गौलामा रगत छान्ने १० लाख फिल्टर रहेको हुन्छ । यी तथ्य नयाँ लाग्न सक्छ । शरीरभित्र दैनिक के हुँदैछ भन्ने हेर्न नसक्ने भएकाले हामी प्रायः सबै परिवर्तनलाई सामान्य ठान्छौँ वा मौसम अनुसारको भनेर भ्रममा रहन्छौँ । शरीरको भित्री भागमा भइरहेको परिवर्तनले बाह्य भागमा सङ्केत गरिरहेको हुन्छ । जसलाई हामीले बुभ्mन सक्नुपर्छ । त्यो कुनै रागेको लक्षण समेत हुने भएकाले सचेत रहनु बुद्धिमानी हुन्छ ।

छाला सुख्खा हुनु
शरीरले रोगको सङ्केत गर्ने यो एक प्रमुख माध्यम छाला सुख्खा पर्नु हो । प्रायः जलवियोजन भएको अवस्थामा छाला सुख्खा हुन्छ । आवश्यक मात्रामा शरीरले पानी पाइरहेमा र स्वस्थ रहेमा छाला नरम र चम्किलो रहन्छ । नराम्रोसँग छाला सुख्खा हुुनु मिर्गौलामा विकार उत्पन्न भएको लक्षण हुनसक्छ । मिर्गौलाले काम गर्न छाडेको अवस्थामा प्रायः मानिसलाई तिर्खा नलाग्ने भएकाले उनीहरू पर्याप्त पानी पिउन सक्दैनन् । शरीरले पानी सञ्चय गर्न थालेपछि त्यसो हुने गर्छ । शरीरले पर्याप्त पानी नपाइरहेको अवस्थामा मिर्गौलाले पानी सञ्चय गरेर राख्छ ।

अनुहारमा रौँ धेरै हुनु
शरीरमा हर्मोन असन्तुलन भएमा अनुहारमा रौँ बढी आउँछ । विशेषगरी, बङ्गारा, ओठ माथि र चिउँडोमा रौँ बढी देखिन्छ । यस अवस्थाले महिलालाई बढी सताउँछ तर पुरुष पनि यसबाट अछुतो रहदैनन् । पुरुष हर्मोन एन्ड्रोजिन अधिक उत्पादन भएर यसो हुन्छ । महिलामा हर्मोन असन्तुलन भएमा निम्न समस्या देखिनसक्छ ।
– डन्डीफोर ।
– मधुमेह ।
– तालु खुइलिने ।
– आवाज भारी हुने ।
– स्तनको आकार सानो हुने ।
– रजस्वला चक्रमा समस्या र अनियमितता ।
– दिउँसो कमजोरी लाग्ने ।
– मोटोपना हुने ।
त्यसैले एन्ड्रोजिन हर्मोन हुने खाद्य वस्तु खानबाट बच्नुपर्छ । कुखुराको मासु, दूधमा यो हर्मोन हुन्छ ।

नङको रङ र स्वरूप परिवर्तन
नङ कडा भएमा वा सेतोपना देखिएमा शरीरमा खनिज तत्वको कमी भएको बुभ्mनु पर्छ । नङको रङ फिक्का परेर कडा भएको छ भने त्यो रक्त अल्पताको सङ्केत हुनसक्छ । रक्तअल्पताबाट बच्न फलाम तत्व भएका खाद्य वस्तु खानु पर्छ । पालुङ्गो, मसुरोका दाल, भटमास, च्याउ आदिमा पर्याप्त मात्रामा फलाम पाइन्छ । एजेन्सी