free hit counter मेथी आलु - Khanpin Khabar

मेथी आलु

  • खानपिन खबर

आवश्यक सामग्रीहरु

आलु (उसिनेको) पाँच–छ पिस
हरियो खुर्सानी चप एक चम्चा
मेथी साग आधा कि.ग्रा.
टमाटर चप आधा कप
नुन, बेसार स्वाद अनुसार
गरम मसला, जिरा पाउडर स्वाद अनुसार
खुर्सानी पाउडर चौथाई चम्चा
अदुवा, लसुन चप एक चम्चा
प्याज चप आधा कप
जिरा दाना आधा चम्चा

तयार गर्ने तरिका

आलुको सानो–सानो पिस गरेर काट्ने । मेथी मसिनो गरेर काट्ने । कराहीमा तेल तताएर जिरा, अदुवा, लसुन फुराउने र प्याज हालेर फ्राई गर्ने । प्याज फ्राई भइसकेपछि टमाटर चप, हरियो खुर्सानी, मसला, नुन हालेर तीन–चार मिनेट पकाउने । त्यसपछि काटेको मेथी हालेर राम्रोसँग पाक्न दिने र आलुलाई हल्का तेलमा फ्राई गरेर मेथीमा मिसाएर पकाउने । यसरी पूरा पानी सुकेर सुख्खा भएपछि मेथी आलु तयार हुन्छ ।