free hit counter भान्साको चिकित्सक हो बेसार - Khanpin Khabar

भान्साको चिकित्सक हो बेसार

  • खानपिन खबर

पश्चिमा खाद्यान्नमा खासै प्रयोग नहुने बेसार अहिले आएर त्यतारित पनि प्रवेश पाएको छ । बेसारसम्बन्धी विभिन्न अध्ययनहरुले यसको औषधिय गुणलाई उजागर गरेपछि पश्चिमाहरुले पनि क्रमशः यसको उपयोग गर्न थालेका छन् । आयुर्वेदले बेसारलाई औषधीय गुण भएको वनस्पतिका रूपमा व्याख्या गरेको छ । आधुनि चिकित्सा विज्ञानले पनि यसलाई अस्वीकार गरेको छैन बरु भिटामिन र खनिजको मुख्य स्रोतका रूपमा लिने गरेको छ । साथै, बेसारमा हाम्रो शरीरलाई आवश्यक क्यालोरी, भिटामिन ए, क्याल्सियम, फस्फोरस, फलामतत्व आदि प्रचुर मात्रामा पाइने पुष्टि भइसकेको छ ।

बेसारको रङ पहेँलो हुन्छ । कुरकुमिन नामक रसायनले यसको रङ पहेँलो बनाएको हो । हिन्दू धर्ममा पहेँलो रङको छुट्टै महत्व छ । यसर्थ, कतिपय हिन्दू संस्कारमा बेसारलाई विशेष महत्व दिई उपयोग गरिन्छ । बेसार भिटामिन र खनिजको मुख्य स्रोत भएको चिकित्सा विज्ञानले प्रमाणित गरेको छ । दूधमा बेसार मिलाएर पकाएर खाँदा रुघाखोकी सन्चो हुन्छ । तारन्छतार टन्सिलले सताइरहेन समस्या छ भने एक गिलास दूधमा एक चम्चा बेसार राखेर पकाएर खायो भने टन्सिलको समस्या सदाका लागि निको पार्छ । त्यस्तै, महसँग बेसार मिसाएर खाएमा टन्सिल निको हुन्छ ।

एलर्जी, दाद, लुतो आदि छालासम्बन्धी रोगका लागि बेसार प्रभावकारी मानिन्छ । बेसारको चूर्ण गहतमा मिसाएर लेप बनाई लगाउँदा छालासम्बन्धी विभिन्न समस्या निको हुन्छ । मुख र घाँटीमा घाउ आउँदा नुन, बेसार–पानीले कुल्ला गर्दा आराम मिल्छ । पेटमा ग्यास जम्मा हुने, कफ जम्ने, खुट्टा बटारिनेजस्ता समस्या बेसारलाई नुनपानीमा घोलेर बिहान–बेलुका खाएमा ठीक हुन्छ । मधुमेहका बिरामीका लागिसमेत बेसार अचुक औषधि मानिन्छ । दैनिक अमलाको रसमा बेसार मिसाई सेवन गर्दा मधुमेहका रोगीलाई लाभ मिल्छ ।

यस्ता छन् बेसारका औषधीय गुण
हाम्रो परम्पार छ बेसार बिनाको खाना अलच्छिन हुन्छ । वास्तवमा यस्तो भन्नु यसमा रहेको औषधीय गुणहरुको कारण नै रहेछ । हाम्रो भान्सामा बसेको चिकित्सक हो बेसार । यसले कैयौं स्वास्थ्य समस्याहरुको प्राथमिक उपचारमा हामीलाई सघाइरहेको हुन्छ ।

  • बेसार प्राकृतिक एन्टीसेप्टिक एवं एन्टीबायोटिक हो, जस्को उल्लेख आयुर्वेदमा पनि गरिएको छ ।
  • बेसारले छालाको परजीवी जीवाणुहरुलाई नष्ट गर्छ ।
  • एक गिलास तातो मीठो दूधमा एक चम्चा बेसार मिसाएर पिउनाले शरीरको भित्री चोटमा आराम हुन्छ ।
  • बेसार मिसाईएको तातो मीठो दुध बिहान बेलुका लगातार पाँच दिन पिउनाले मुख भित्रको निनाउ आराम हुन्छ ।
  • एक चिम्टी बेसार प्रतिदिन खानाले भोक बढाउँछ । यस्को सेवन गर्नाले आँतमा लाभ हुन्छ ।
  • बेसारको गाँठो पानीको साथमा पीसेर लेप तैयार गरौं र यसको लेप नुहाउनुभन्दा अघि लगाउँ । एक हप्तामा तपाईंको छाला सुन्दर देखिन्छ ।
  • अलिकति बेसारमा पिसेको कपूर, अलिकति सर्स्यूंको तेल मिसाएर लेप तैयार गर्नाले छाला हुने रोगहरु समाप्त हुन्छ ।
  • बेसारलाई ताजा दुधको तरमा भिजाएर अनुहार तथा हातमा लगाइ सुकेपछि रगड़ेर निकालि मनतातो पानीले अनुहार पखाल्नोस् अनि देखिन्छ अनुहारको चमक ।
  • बेसनमा सर्स्युंको तेल, बेसार र पानी मिसाएर गाढ़ा लेप तयार पारी अनुहार तथा पूरै शरीरमा राम्रोसित लगाएर सुकेपछि निकालेर मनतातो पानीले नुहाउनुहोस् । यसले पनि छालाको सुन्दरता बढाउँछ ।
  • महिनावारीका समयमा पेट दुख्दा मनतातो पानीसँग बेसार खानाले रक्त प्रवाह ठीक हुन्छ र दुखाईबाट पनि राहत प्राप्त हुन्छ ।
  • साना बच्चालाई रुघा–खोकी लागेको बेला आधा कप पानीमा आधा चम्चा बेसार, अलिकति गुँड़, अजवाइन, एक ल्वाङ्ग मिसाएर उमाल्ने राम्ररी उम्लेपछि छानेर मनतातो भएपछि ख्वाइ दिनाले बच्चाको रुघा खोकीबाट
  • राहत पाउँछ भने बच्चाको कब्जियत पनि ठीक हुन्छ ।
  • मेथीको र बेसारको काँढा पनि खानाले महिनावारीलाई सहज बनाउँछ ।
  • शरीर सुनिएको बेला बेसार र चुनाको लेप गर्नाले सुनिएको ठीक हुन्छ ।
  • बेसार प्रिजरभेटिव (परिरक्षि) को पनि काम गर्छ, त्यसले खानालाई विषाक्त बन्नबाट जोगाउँछ ।
  • दिनदिनै एक चम्चा बेसार सेवन गर्नाले भोक बढाउँंछ भने पेटको पनि सफाई गर्छ ।
  • काटिएको ठाउँमा रक्तस्राव रोक्नको लागि पनि शुद्ध बेसार प्रयोग गर्न सकिन्छ ।

बेसारको शुद्धता
हरेक छाकमा प्रयोग हुने बेसार शुद्ध हुन्छ भन्ने छैन । बजारबाट खरिद गरेर प्रयोग गरिने बेसारमा मेटानिल येलो नामक रसायन मिसाइन्छ । जबकी यो क्यान्सर जस्तो भयानक रोगको कारण समेत बन्न सक्छ । बेसार पाउडरमा केहि थोपा हाइड्रोक्लोरिक एसिड र उत्तिनै थोपा पानी हालेर जाँच्नुपर्छ । यदि बेसार गुलाबी वा बैजनी रंगको भयो भने, त्यो मिसावट भएको हुनसक्छ ।

(वरिष्ठ आयुर्वेद विशेषज्ञ डा. सिद्धार्थ ठाकुरसँगको कुराकानीमा आधारित)