free hit counter भान्साका महत्वपूर्ण जानकारी - Khanpin Khabar

भान्साका महत्वपूर्ण जानकारी

  • खानपिन खबर

मानव सभ्यताको पहिचानको रुपमा रहेको तरकारीको प्रयोग आदिकालदेखि भएको पाइन्छ । खानयोग्य र खाइने तरिकाको आधारमा यसलाई विविध उपाय अपनाई उपभोग गर्दै आइएको छ । कहीँ काँचो, कहीँ आधी पाकेको त कतै पुरै पाकेको वा अन्य तरिकाबाट तयार गरी सागसब्जी खाइँदै आएको कुरा ऐतिहासिक छ । यसै क्रममा हरियो सागसब्जीको संरक्षण यसरी गर्न सकिन्छ भन्ने निम्नानुसार छ ।
१. आलुलाई लामो समयसम्म ताजा राख्न आलुमा काँचो लसुन राख्नु पर्दछ ।
२. हरियो पुदिनालाई ताजा राख्न पातलाई सिसिमा बन्द गरेर राख्यो भने एक महिनासम्म पुदिना ताजै रहन्छ ।
३. हरियो खुर्सानीलाई कागजमा बेरेर राखियो भने १५ दिनसम्म पनि हरियै हुन्छ ।
४. हरियो सागसब्जी सोडा पानीले पखाल्दा केही दिन हरियै रहन्छ ।
५. भेन्टा तथा आलु काटेपछि कालो हुन्छ । त्यसलाई नुन पानीमा डुबाएर राख्दा त्यसको रङ परिवर्तन हुँदैन ।
६. बन्दाको तरकारीको रङ सेतो नै राख्नुपरेमा १, २ चम्चा कागतीको रस राखेर पकाउँदा रङ कायम रहन्छ ।
७. कागतीलाई हरियो राख्न परेमा नुन दलेर डिब्बामा राख्नु पर्दछ ।
८. नरिवललाई ताजा राख्न परेमा नुन दलेर राख्नु पर्दछ ।
९. जमिनमुनि फल्ने मसलाजन्य खाद्यपदार्थ जस्तै– हलेदो, अदुवा आदिलाई ताजा राख्नलाई माटोमा नै गाडेर राख्नु पर्दछ ।
१०. चामल, गहँुलगायतका अन्नमा निमपत्ता, हलेदो काटेर राख्नाले किरा लाग्दैन ।
११. करेला, परवल, भिन्डी, मटरजस्ता हरिया सब्जी पकाउँदा केही चिनीको मात्रा राखेमा प्राकृतिक रङ नै कायम रहन्छ ।
१२. मटरलगायत सब्जीमा नुन राख्नाले पनि प्राकृतिक रङ कायम रहन्छ ।
१३. हरियो साग थोरै कागतीको रस राखेर पकाउँदा प्राकृतिक रङ कायम रहन्छ ।
१४. हातमा घिउ अथवा नरिवलको तेल लगायो भने पिरो खुर्सानी काट्दा हातमा असर गर्दैैन ।
१५. रुख कटहर काट्दा पहिला हातमा तेल दल्यो भने चोप लाग्दैन ।
१६. आलु उसिन्दा कागतीको रस राखेमा फुट्दैन र रङ पनि प्राकृतिक नै रहन्छ ।
१७. हरियो सागपात पूर्ण रुपले सफा गरी पकाउने हो तर पूर्ण रुपले पकाउने होइन ।
१८. हरियो सागपातलाई पोटास पानीले पखाल्नु पर्दछ ।
१९. चाउमिन उमाले लगत्तै चिसो पानीले पखालेर तेल लगाउँदा आपसमा टाँसिदैन ।
२०. चिनि तथा सख्खरको भाडोमा २÷४ वटा ल्वाङ, राख्दा कमिला लाग्दैन ।
२१. कडा खालको कागति निचोर्न गाह्रो हुन्छ । तातो पानीमा ३÷४ मिनेट डुबाएरु राख्दा नरम हुन्छ ।
२२. भात पकाउँदा थोरै कागतिको रस मिसाइयो भने स्वादिलो र चमक देखिन्छ ।
२३. हरिया सागसब्जीमा भएको विषादी हटाउन १०/१५ मिनेट भेनेगर पानी या नुनपानीमा राख्न सकिन्छ ।