free hit counter फापरको रोटी - Khanpin Khabar

फापरको रोटी

  • खानपिन खबर

आवश्यक सामग्री

• फापरको चालेको पिठो-१ के.जी

• नुन-१ सानो चम्चा

• घिउ वा नौनी-२ चम्चा

• पानी-१ लिटर

बनाउने विधि

नुन वा चिनी, घिउ वा बटर, पिठो पानी राखेर एउटा भाँडामा मुछ्ने र पातलो लेसिलो बनाउने। तावा वा कराइ तताउने अनि तावामा हल्का चिल्लो लगाउँदै डाडुले फापरको लेदोलाई तावामा राख्ने र माथिबाट छोपी दिने। आच कम्ति गरेर ३/४ मिनेटमा फर्काउने केही समयपछि निकाल्ने।