free hit counter पनिर पकौडा (Paneer pakauda) - Khanpin Khabar

पनिर पकौडा (Paneer pakauda)

  • खानपिन खबर

आवश्यक सामग्री

मैदा : आधा कप

बेसन : एक कप

पनिर : २०० ग्राम

हरियो धनियाँ : चप एक चम्चा

अदुवा, लसुन पेष्ट : एक चम्चा

ज्वानो : आधा सानो चम्चा

खाने सोडा : एक चिम्टी

नुन, खुर्सानी र बेसार : स्वादअनुसार वा आधा–आधा चम्चा

जिराको धूलो मसला : एक चम्चा

चाट मसला : आधा सानो चम्चा

 

बनाउने विधि

सफा भाँडोमा बेसन, मैदा, नुन, धनियाँ र सबै सामग्री हालेर थोरै पानी राखेर घोल बनाउने । पनिरलाई स्लाइस गरेर काट्ने । तेल तातेपछि पनिरलाई बेसन र मैदाको घोलमा डुबाएर एक–एक पिसको हिसाब हालेर फ्राई गर्ने । जब खैरो–खैरो रङको हुन्छ, तेलबाट निकालेर बाहिर राख्ने ।  अब पकौडा तयार भयो । माथिबाट चाट मसला छरेर टमाटर ससको साथ सर्भिस गर्ने वा मजासँग खाने ।