free hit counter नाक–मुखमै खतरनाक जीवाणु - Khanpin Khabar

नाक–मुखमै खतरनाक जीवाणु

  • खानपिन खबर

सामान्यतया मानिसहरु आफूलाई स्वस्थ र तन्दुरुस्त भएको महसुस गर्छन् र आफ्नो शरीरको कुनै पनि अंगमा जीवाणुको संक्रमण भएको जानकारी राख्दैनन् । तर प्राय सबै मानिसको नाक र मुख धेरै विषाक्त क्षेत्र हो वा खराब जीवाणुको भण्डार हो । जहाँ स्टाफिलोकोकस औरेयस (Astaphylococus Aureus) नामक जीवाणुहरु प्रशस्त पाइन्छ । बारम्बार नाक, मुख र कपाल चलाइरहने र सोही हातले खाना खाँदा उक्त जीवाणुहरु खानामार्फत् मानव शरीरमा प्रवेश गरेर पाचन प्रक्रियामा उचारचढाव सिर्जना गर्दछ । जसमा असामान्य स्थिति हुनु, वाता हुनु, पेट दुख्नु आदि पर्दछन् । खाना खाएको ६–२४ घण्टाभित्रमा उक्त लक्षण देखिन सक्छ । यस्ता जीवाणु ४५ डिग्री सेल्सियसमा नै गुणात्मक वृद्धि भई खानालाई पूर्ण विषजन्य बनाइदिन्छन् र धेरै तापक्रममा उमाल्दा, पकाउँदा पनि मर्दैनन् । उल्टै ४५ डिग्रीभन्दा माथिको तापक्रम पाएमा गुणात्मक वृद्धि हुन्छन् र खानालाई पूरै विषजन्य बनाइदिन्छन् । त्यसैले नाक, कान, मुख, कपाल कोट्याइरहने गर्नु हुँदैन । त्यसो गरेमा जीवाणुनाशक साबुन पानीले हात धुनुपर्छ । हात पूरै सुख्खा भएपछि मात्रै खान खानुपर्दछ । त्यो भन्दा बरु खाना खान चम्चा, काँटाको प्रयोग गर्नु सुरक्षित र स्वस्थ मानिन्छ ।