free hit counter जिरा आलु (Jeera Aalu) - Khanpin Khabar

जिरा आलु (Jeera Aalu)

  • खानपिन खबर

आवश्यक सामग्री

आलु (उसिनेको) ३०० ग्राम
नुन स्वाद अनुसार
जिरा पाउडर आधा चम्चा
जिरा दाना एक चम्चा
अदुवा, लसुन चप एक चम्चा
हरियो खुर्सानी चप आधा चम्चा
हरियो धनियाँ चप आधा चम्चा
टमाटर चप दुई पिस
प्याज चप दुई पिस

बनाउने बिधि
आलुलाई लामो–लामो साइजमा काट्ने । कराहीमा तेल तताउने र जिरा दाना, अदुवा र लसुन फुराउने । जिरा, अदुवा र लसुन फुराइसकेपछि प्याज फुराउने र काटेको आलु, नुन, मसला, बेसार, खुर्सानी हालेर रातो–रातो बनाएर भुट्ने । अब आलु भुटिसकेपछि टमाटर हालेर पकाउने र माथिबाट धनियाँ गार्निस गरेर सर्भिस गर्ने ।