free hit counter चिकेन स्वीट एण्ड सावर Chicken Sweet and Sour - Khanpin Khabar

चिकेन स्वीट एण्ड सावर Chicken Sweet and Sour

  • खानपिन खबर

आवश्यक सामग्री

चिकेन हड्डी र छाला नभएको १५० ग्राम
अण्डा एक पिस
मैदा तीन चम्चा
कर्नफ्लोर तीन चम्चा
गाजर स्लाइस सात पिस
प्याज डाइसकट सात पिस
टमाटर डाइस सात पिस
भेडे खुर्सानी (केपसिक) डाइसकट चार पिस
पाइनापाल स्लाइस चार–पाँच पिस
लसुन चप एक चम्चा
तेल आवश्यकता अनुसार
टोमाटो केचप ६० मिलि
कागतीको रस एक चम्चा
चिकेन क्युब आधा पिस
चेरी दुई पिस
नुन, अजिनो मोटो, मरिच आधा–आधा चम्चा

बनाउने विधि

चिकेनको डाइस पिस बनाएर अण्डा, मैदा, कर्नफ्लोर, नुन, अजिनो माटो हालेर तेलमा फ्राई गर्ने । ससपेनमा तेल तताएर अदुवा, लसुन फुराउने र भेजिटेबल हालेर फ्राई गर्ने । त्यसपछि चिकेन स्टक, नुन, अजिनो मोटो केचव हालेर उमाल्ने । कर्नफ्लोर पानीमा घोलेर विस्तारै चलाउँदै गाढा बनाउने र हल्का खाने सुन्तला कलरको कागती रस, चेरी, पाइनापल हालेर चिकेन पकाउने । अब स्वीट सावर तयार भयो । अब कुनै भाँडोमा हालेर सर्भिस गर्ने ।