free hit counter चिकेन दहीवाला (Chicken Dahaiwala) - Khanpin Khabar

चिकेन दहीवाला (Chicken Dahaiwala)

  • खानपिन खबर

आवश्यक सामग्रीहरू

चिकेन आधा केजी
प्याज चप १०० ग्राम
टमाटर चप १०० ग्राम
दही एक कप
नुन, खुर्सानी स्वाद अनुसार
चिकेन मसला आधा चम्चा
जिरा पाउडर आधा चम्चा
तेजपात दुई पिस
धनियाँ चप आधा चम्चा
कसुरी मेथी आधा चम्चा
वटर ३० ग्राम
फ्रेस क्रिम दुई चम्चा

तयार गर्ने विधि
बाक्लो भाँडोमा हल्का तेल तताएर तेजपात र चिकेन हालेर भुट्ने । चिकेनको पानी सुकेपछि आगो बन्द गर्ने । अर्कोतिर कुनै भाँडोमा तेल तताएर अदुवा, लसुन, प्याज फुराउने र टमाटर चप, मसला, नुन, खुर्सानी, कसुरी मेथी हालेर राम्रोसँग पकाउने । पाकिसकेपछि सेलाएर दही हालेर ब्ल्यान्डर (मिक्चर)मा पिस्ने र चिकेनमा मिलाएर पकाउने । अब चिकेन पाक्न लागेपछि वटर क्रिम हाल्ने । यसरी पकाइसकेपछि क्रिम र धनियाँ गार्निस गरेर राइस, रोटी, नानको साथ सर्भिस गर्ने ।