free hit counter खाना खाने उचित तरिका - Khanpin Khabar

खाना खाने उचित तरिका

  • खानपिन खबर

यसरी खानुस् खाना

१. भोजनलाई आरोग्य प्राप्त गर्नलाई भुईमा चगटी ओछ्याई पलेटी कसेर बसी भोजन गर्नु पर्दछ ।

२. भोक मर्ने गरी खाइनु हुँदैन वा आमाशय (पेट) कम्तिमा ३० प्रतिशत खाली राखेर वा हिलिक्क आउने गरी खानु हुँदैन ।

३. सकिन्छ भने खाना थोरै लिने र नथप्ने गर्दा शरीरमा सकारात्मक प्रभाव पर्दछ ।

४. खाना खाँदा कम्तिमा ३० मिनेट समय लगाएर चपाई चपाई विस्तारै खाँदा अति उपयोगी हुन्छ ।

५. खानाको शुरु वा अन्त्यमा प्राकृतिक रुपमा भरिपूर्ण (चिनी होइन) गुलियो पदार्थ जसलाई ड्राइफ्रुट, सख्खर, महलगायतको पदार्थ सेवन गर्नु पर्दछ ।

६. पटक पटक खाई रहने बानी परिवर्तन गरी प्रत्येक दिनको व्यवस्थापन गर्न जरुरी हुन्छ ।