free hit counter खसीको तास - Khanpin Khabar

खसीको तास

  • खानपिन खबर

आवश्यक सामग्री

खसीको मासु १ केजी
नून स्वाद अनुसार
बेसार दुई चिम्टी
जीराको धूलो दुई चिम्टी
धनियाँको धूलो दुई चिम्टी
खुर्सानी स्वाद अनुसार
ल्वाङ–सुकुमेल २० ग्राम
दालचिनी धूलो एक चम्चा
तेजपत्ता धूलो एक चम्चा
अदुवा ५० ग्राम
लसुन ५० ग्राम
तोरीको तेल ५० मिली

बनाउने तरिका

शहरिया नेपालीमाझ खसीको मासुका परिकारमध्ये धेरै रुचाइने परिकार हो, तास । तासका लागि बोसो, हड्डी र छाला नभएको मासु चाहिन्छ । यस्तो मासुमा खुर्सानीको धूलो, जीरा–धनियाँ, ल्वाङ–सुकुमेल, दालचिनी र तेजपत्ता मिसाएर पिसेको लेदो र बेसार, नून, तेल तथा छोक्रा मात्र कुटिएको अदुवा–लसुन मिसाएर मोल्ने र चार घण्टा जति फ्रिजमा राख्ने ।
करीब एक इन्च मोटो प्यान वा तावालाई सानो आँचमा ३०–४० मिनेट तताउने र फ्रिजबाट निकालेको मासुलाई २५० डिग्री सेल्सियस तापक्रममा पकाउने । करीब १५–२० मिनेटमा मासु पाक्छ । मासुको रङ हेरेर वा मसला (अदुवा–लसुन) छुट्टिएको हेरेर पाकेको थाहा पाउन सकिन्छ । पाकिसकेपछि हरियो सलाद, मुला–टमाटरको आचारसँग तास खान सकिन्छ ।