free hit counter कावली चना (छोले) (Chhole) - Khanpin Khabar

कावली चना (छोले) (Chhole)

  • खानपिन खबर

आवश्यक सामग्रीहरु

कावली सेतो चना २०० ग्राम
टमाटर चप एक कप
प्याज चप एक कप
धनियाँ चप एक चम्चा
अदुवा, लसुन चप एक चम्चा
नुन, खुर्सानी आधा चम्चा
मिट मसला एक चम्चा
जिरा पाउडर एक चम्चा
बेसार आधा चम्चा
तेजपात तीन पिस
वटर एक चम्चा
छोले मसला एक चम्चा
सुकेको खुर्सानी तीन पिस

बनाउने विधि

कावली चनालाई सात–आठ घण्टा भिजाएर कुकरमा चार–पाँच सिट्ठी लगाएर पकाउने । कुनै बाक्लो भाँडोमा तेल तताएर अदुवा, लसुन, प्याज, खुर्सानी फुराउने र त्यसमा तेजपात, ल्वाङ, सुकुमेल, टमाटर हालेर चलाउने । अब त्यसमा कावली चना मसला हालेर पकाउने । आवश्यकताअनुसार पानी राखेर पकाउने र पाकिसकेपछि धनियाँ गार्निस गरेर सर्भिस गर्ने ।