free hit counter कस्मिरी आलुदम (Kashmiri Aloo dum) - Khanpin Khabar

कस्मिरी आलुदम (Kashmiri Aloo dum)

  • खानपिन खबर

वीरबहादुर विष्ट, लण्डन

आवश्यक सामग्री

ठूलो साइजको काँचो आलु दुई पिस
प्याज ५० ग्राम
टमाटर ५० ग्राम
दही ५० ग्राम
क्रिम ५० ग्राम
वटर ५० ग्राम
ड्राइ फ्रुट ५० ग्राम
उसिनेको आलु १०० ग्राम
धनियाँ चप एक चम्चा
हरियो खुर्सानी चप एक चम्चा
नुन, खुर्सानी पाउडर स्वाद अनुसार
जिरा धूलो एक चम्चा
गरम मसला एक चम्चा
बेसार आधा चम्चा
हल्का कस्तुरी मेथी

बनाउने तरिका

आलुको बोक्रा ताछेर एक पिस आलुको दुई भाग बनाउने । प्रत्येक आलुको बीचबाट आलु ताछ्ने पिङ्लरले विस्तारै बीचको आलु निकालेर खाल्टो बनाउने र आलुलाई तेलमा फ्राई गर्ने । उसिनेको आलुलाई मुछेर ड्राइ फ्रुट, पनिर, नुन, धनियाँ, मसला, खुर्सानी मिसाएर मोल्ने । अब प्रत्येक आलुको बीचमा यो मोलेको मसला भरेर माथिबाट हल्का मैदा दलेर तेलमा पुनः फ्राई गर्ने । कुनै बाक्लो भाँडोमा तेल तताएर अदुवा, लसुन, प्याज फुराउने र टमाटर चप, नुन, खुर्सानी, बेसार, मसला हालेर पकाउने । टमाटर गलेपछि आगो बन्द गरेर सेलाउने । सेलाइसकेपछि दही मिसाएर ब्ल्यान्डर (मिक्चर) मा मसिनो बनाएर पिस्ने । अब ग्रेभीमा वटर क्रिम हालेर पकाउने र फ्राई गरेको आलु ग्रेभीमा मिसाएर कुनै डिसमा हालेर वटर, क्रिम, धनियाँले गार्निस गरेर सर्भिस गर्ने ।
नोट : यसैगरी केपसिकम टमाटरमा पनि बनाउन सकिन्छ ।

Oban Bay Hotel and Spa Edinbourgh,Scotland, UK