free hit counter कम सुते दिमाग कमजोर - Khanpin Khabar

कम सुते दिमाग कमजोर

  • खानपिन खबर

कम समय सुत्ने बुढ्यौली लागेका मानिसको दिमाग चाँडै कमजोर हुने तथ्य एक अनुसन्धानले अगाडि सारेको छ । सिङ्गापुरमा रहेको ड्युक–नस ग्राजुयट मेडिकल स्कुलको अनुसन्धान टोलीले ५५ वर्ष पुगेका मानिसमा गरेको यो अनुसन्धानको जानकारी स्लिप जर्नलमा दिइएको छ ।
उमेर बढ्दै जाँदा मस्तिष्कमा आउने परिवर्तन जाँच्न अनुसन्धान टोलीले म्याग्नेटिक रिजोनेन्स इमेजिङ (एमआरआई) र स्नायुमनोवैज्ञानिक परीक्षणको प्रयोग गरेको थियो । मस्तिष्कमा द्रव भरिएको भाग भेन्ट्रिकलमा बढ्दो उमेरसँगै कमजोरी देखिन थाल्ने भनाइ अनुसन्धान टोलीको छ । निदाउनमा प्रतिघण्टा आउने कमीले भेन्ट्रिकलमा उत्पन्न हुने कमजोरी झनै बढ्छ ।
अनुसन्धान टोलीले स्लिपमा भनेको छ– फटाफट भेन्ट्रिकलको आकार वृद्धिले बौद्धिक कमजोरी र अल्जाइमरलगयतका स्नायु रोगको सङ्केत गर्ने भए पनि त्यसमा निन्द्राको प्रभाव बारेमा कहिल्यै शोधखोज भएको थिएन । अनुसन्धान टोलीले प्रतिदिन वयस्क मानिसले सात घण्टा सुत्नु सर्ने सुझाव दिएको छ । एजेन्सी