free hit counter कक्टेलको उत्पत्ति र बिकाश - Khanpin Khabar

कक्टेलको उत्पत्ति र बिकाश

  • खानपिन खबर

नुरराज कँडेल (नवराज)

दशदेखि पन्ध्रौं शताब्दी तिरको कुरा हो । त्यस बेलासम्म रक्सि आधुनिक तरिकाले बनाउन थालिसकिएको थियो । विश्वभर यसलाई व्यवसायिकरण गर्ने अनेक शेलीहरूको अभ्यास भइरहेको थियो । कसैले झार वा वनस्पति, कसैले अन्न, कसैले फलफुलबाट फरक स्वाद दिनलाई धेरै प्रकारका रक्सीहरू प्रतिस्पर्धात्मक रुपमा बजारमा ल्याएका थिए तर कुनै पनि रक्सीको वास्नमा फरक परे तापनि स्वादमा  खास फरक हुँदैनथ्यो । किनकि हाल उपलब्ध लिकोर वा वास्नादार गुलियो रक्सीको उत्पादन खास थिए र उत्पादित पनि ग्राहकको रोजाईमा पर्दैनथ्यो ।

यो वास्नादार गुलियो रक्सीलाई डाइजेष्टिभ ड्रिङ्क भनिन्छ र कम्पाउण्ड तरिकाबाट बनाई वास्ना भरिन्छ (Blend) । कम्पाउन्ड भनेको सजिलो बुझिने भाषामा उल्लेख गर्नुपर्दा तयार भइसकेको वा सडाएर तयार पारेको (Fermented) रक्सीलाई वास्पिकरण (Distilled) गरी वास्ना (Flavoured)  राख्ने (Blend) प्रक्रिया हो । यो अति आधुनिक प्रक्रिया हो । त्यसबेला यसको प्रचलन खासै थिएन ।

विकसित राष्ट्रहरूमा वार, पार्टी, हल, रेष्टुरेन्ट, होटलहरूको विकसित रुपको थालनी भइसकेको थियो । कसरी मिठो, राम्रो, स्वास्थ्यवद्र्धक खानपिन गराई बजार विस्तार गर्ने भन्ने होडबाजि नै चलेको थियो । त्यसमाथि व्यापार, ज्ञान र सिपको जतिसक्दो स्तरीय प्रयोग गरिन्थ्यो । यसै सिलसिलामा मेक्सिकोमा एउटा कन्फ्रेन्सको आयोजना भयो । त्यहाँ अमेरिकन अफिसरहरू पनि सामेल थिए । उक्त कन्फ्रेन्सका आगन्तुकहरूलाई खुवाउने पियाउने ठेक्का एउटा महिलाले लिएकी थिइन् । कन्फ्रेन्स सफल भयो । सबैजना खानपिन तिर लागे । साथमा पेयको पनि व्यवस्था गरिएको थियो ।

अल्कोहलका पारखीहरू खानाभन्दा पिउनमा व्यस्त देखिए । भोज सकियो । सबैजना आ–आफ्नो गन्तव्यतिर लागे । केही समयपछि त्यस ठाउँमा ग्राहकको भीड लाग्यो र प्रायजसोले त्यही कन्फ्रेन्समा बाँडिएको ड्रिङ्कस अर्डर गरे तर उक्त पेयको नामाकरण गरिएकै थिएन । न त ग्राहकलाई थाह थियो, नत सञ्चालक वा पेयको आविस्करकलाई । ग्राहकले सोधखोज गरेर सञ्चालिका भेट्ने प्रयास गरे र आफ्नो परिचय पनि दिए । उनीहरू रहेछन् अमेरिकन अफिसरहरू । सञ्चालिका वा उक्त पेय बनाउने व्यक्तिहरूले परिचय खुलाइन र उनको नामचाहिँ अक्स टेल (OXc-tl) रहेछ । प्रायः अफिसरहरू परिवारसहित घुम्न आउँदा अक्सटेल दिनु्स् भन्न थाले । यसको मतलब त्यही कन्फ्रेन्समा बाँडिएको रक्सी थियो ।

रक्सीलाई परिवर्तित स्वादमा ल्याउन चलाखिपूर्ण तरिकाले फलफुलको रस, बरफ  राखेर दिइएको रहेछ जसले गन्ध कम आउने, बढी नगन्हाउने अर्को विशेषताको कारण ठूला व्यक्तिहरू आकर्षित गर्ने सफल व्यवसायि देखियो र युवतीको नाम नै रक्सीको नाममा परिणत गराए । तिनै अफिसरहरू अमेरिकाको बारमा गएर अक्सटेल अर्डर गर्न थाले तर बारम्यानहरू अलमलामा परे । होटल व्यवसायमा ठूलो खोज र सनसनीपूर्ण विषय भयो । वारम्यानहरूले ग्राहकलाई स्वाद, नशा र असरको बारेमा सोधे र केही चलाख वारम्यानहरूले रहस्य पत्ता लगाएर कुनै नाम दिएर पेय बनाउन थाले ।

मेक्सिकोको जस्तै स्वाद नभए पनि मिल्दो जुल्दो चरित्र त्यस पेयमा पाइयो र ग्राहक पनि रमाए । अमेरिकनहरू मेक्सिकोको अक्सटेल पेयको अनुसन्धानमा जाँदा अर्को नयाँ तथ्य फेला पारे । त्यहाँ अर्को व्यक्तिले बारमा कुखुराको पुच्छर जस्तो आकारको भाँडोले रक्सी नापेर गिलासमा राख्ने र अन्य पिउन योग्य पेय मिसाई बिक्री गर्ने गरेको थाहा पाए । त्यस भाँडोलाई त्यस ठाउँको भाषामा Colade gallo भनिन्दो रहेछ, तर उनीहरूले भालेको पुच्छर Cock’s tail न्वारन गरिदिए । त्यसपछि मिसाएर खाइने पेयलाई ककसटेलबाट अपभ्रंस भई ककटेलमापरिणत भयो । केही किम्बदन्ती अनुसार अक्सटेलको अपभ्रंश भएर नै ककटेल भएको मानिन्छ भने श्रेयचाहिँ अक्सटेललाई नै जान्छ ।

सन् १९१६ तिर संसारमा यसको चर्चा हुन थाल्यो । प्रविधिको विकास नभए पनि वैदेशिक पर्यटन मार्फत् माग वा आवश्यकता पहुँच भएको ठाउँमा हुन थाल्यो । यहाँ रोचक के छ भने प्राय अमेरिकन र अन्य नागरिकले पनि श्रीमतीहरूलाई खुशी पार्न यस विषयको चर्चा गरी स्वाद चखाए जति बेला नेपालको आजको सभ्यता जस्तै थियो वा त्यहाँ हाल श्रीमान श्रीमतीको दायित्व फरक हुँदैन तर हालको नेपालको संस्कार जस्तो थियो भन्नाले श्रीमानको साथमा वा अगाडि खुल्लमखुल्ला रक्सी वा अन्य क्रियाकलाप गर्न लजाउँथे । तर त्यस ड्रिङ्कस यति भाइरल भयो कि श्रीमान अफिस श्रीमती बारमा । हत्तपत्त नगन्हाउने रमाइलो मात दिने हुँदा श्रीमतीहरूको लोकप्रिय बन्यो बार । बारमा झुम्मिन थाले श्रीमतीहरू । श्रीमतीहरूले पार्टी वा भोज, सेमिनार, कन्फ्रेन्समा यस्तै पेयको माग गर्न थाले र झुल्न थाले । र यो मन्द मन्द फैलियो । घरानियाँ महिलाहरूको लागि आनन्दको अर्को माध्यम बनेको पाइयो । यसै क्रममा बेलायत, आइरिस, रसिया, इटालीहुँदै संसारभर फैलियो र झन् आधुनिक स्वरुपमा देखापर्यो ।

 

खासमा कक्टेल  (Cocktail)  के हो ?

यो अक्सटेल हुँदै ककटेलमा परिणत भएको पेय पदार्थ हो । जसमा अल्कोहल, फलको रस, बरफ, क्रिम, कोर्डियाल, चिनी, बिटर, लेमोनेड, सोडा आदि मिसाई गिलासमा सजाएर खाइने नरम प्रकारको अल्कोहलिक पेय पदार्थलाई ककटेल भनिन्छ । तर सामान्य बोलिचालीमा एकभन्दा बढी रक्सी मिसाई पिइने प्रक्रिया ककटेल भनेर बुझिने गलत बुझाई छ । तर ककटेल चिसो, अल्कोहलको निश्चित मात्रा रहेको आनन्द दिने हेर्दा आकर्षक र पिउँदा स्वादिलो हुनुपर्दछ । ककटेलहरू रक्सीको मिसावटबाट  र बनाइको आधारमा धेरै प्रकारले नामाकरण गरिएकोछ ।

अमेरिकन अनुसन्धानमा ककटेलको आविस्कार भए पनि लिखित समाचार भने बेलायतमा सन् १८९८ को मार्च महिनामा प्रकाशित गरिएको थियो । तर ककटेल को परिभाषा खुलाइएको थिएन । त्यसको केही समयपछि अमेरिकनहरूले ककटेलको छोटो परिभाषा समेत निकाले । A Stimulating liquor composed of any kinds of sugar, Water and bitters.

यसले के बुझिन्छ भने स्वादको लागि मिल्दा जुल्दा सामग्रीहरू जस्तै गुलियो, तितो, पानी आदि मिसाई सेवन गर्ने प्रचलनल रहेछ । हाल आएर आकर्षक र थप परिवर्तित स्वरुप देख्न सकिन्छ । यसरी चर्चित ककटेलहरूमा स्क्रु ड्राइभर, सिंगापुर सिलिङ, क्युवा लिब्रे, मार्गरिटा, क्विस्की सावर लगायत हजारौं प्रकारका प्रचलित छन् ।

kandelnurraj3@gmail.com